प्योर ईभीमा फेरी लाग्यो आगो

फाइल तस्विर

काठमाडौं । प्योर ईभीको उत्पादन ‘ई प्लुटो ७ जी’मा आगो लागेको घटना पुनः दोहोरिएको छ । प्योर ईभीमा आगो लागेको यो पाँचौं घटना हो ।
पछिल्लो ६ महिनामा प्योर ईभी ‘ई प्लुटो ७ जी’मा तेस्रो पटक आगो लागेको घटना बाहिर आएको हो । यसअघिका घटनामा कम्पनीले के कारण आगो लागेको हो भनेर एकिन सुचना बाहिर ल्याएको छैन । यो पाँचौ पटकसमेत के कारणले आगो लागकेको हो भन्ने बारे खुलाइएको छैन ।

यसअघि प्योर ईभीको स्कुटर हैदरावादको सडकमा चल्दा चल्दै आगलागी भएको थियो । कम्पनीले स्कुटरमा समस्या आएको भन्दै केही समय अगाडि मात्रै ई प्लुटो ७ जी र इट्रान्स प्लस स्कुटर रिकल गरेको थियो ।

भारतमा उत्पादित इलेक्ट्रीक स्कुटरहरुमा लगातार आगलागीका घटना देहोरिएका छन् । यसले सरोकारवाला निकाय र ग्राहकहरुमा अविश्वास पैदा भइरहेको छ ।

हालै मात्र गुजरातमा ई प्लुटो ७ जीमा आगो लाग्दै गरेको भिडियो भाइरल भएको छ । घरको बाहिर चार्जिङमा राखिएको स्कुटरमा आगो लागेको हो ।

नेपालमा पनि विक्री हुन्छ ई प्लुटो ७ जी

प्योर ईभीका उत्पादन नेपाली बजारमा ह्वाइट लोटस प्रालिले विक्री गर्दै आएको छ । गएको अंग्रेजी आर्थिक वर्षमा कम्पनीले ३३५ यूनिट स्कुटर आयात गरेको देखिन्छ । नेपाली बजारमा प्योर ईभीको ई प्लुटो धेरै विक्री हुने स्कुटरमा पर्छ । नेपालमा भने हालसम्म यस्ता आगलागीका घटना बाहिर आएका छैनन् ।


Back_to_top