अमेरिकी गाडी उत्पादक कम्पनी फोर्डले सन् २०१० मा सार्वजनिक गरेको रेन्जर कारको नयाँ जेनरेशन निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले सन् २०२२ सम्ममा बजारमा ल्याउने योजना सहित परिमार्जित संस्करणको डिजाइन तयार पारेको छ ।
उक्त कारमा क्रोमा रेडिएटर ग्रिल लगाउने भएको छ भने, एफ १५० र एफ सिरीज सुपर ड्युटीबाट प्रेरित हेडल्याम्प जडान गर्ने भएको छ ।
एल सेपको डीआरएलएस जसमा मेन बिम, टु इल्मेन्ट लो बिम लाइट लगाउने भएको छ । फुल वाइड बार, कर्नरमा फग ल्याम्प, आकर्षक हेडलाइट, एलइडी युनिट लगाउने कम्पनीले बताएको छ । साथै, कारमा लगाउने फ्रन्ट ह्वील आर्कको पछि फक्स भर्टिकल एयर भेन्ट जडान गर्ने कम्पनीको योजना रहेको छ ।
कम्पनीले सिंगल टर्बाे भेरियन्ट र ट्वीन टर्बाे भेरियन्टमा २.० लिटर इकोब्लू डिजेल इन्जिन लगाउने भएको छ । साथै, कारमा २.३ लिटर इकोबुस्ट टर्बाेचाज्र्ड पेट्रोल इन्जिन समेत ल्याउने तयारी कम्पनीको छ ।


