नेपाल वायुसेवा निगमले पायो जापान उड्ने अनुमती, विद्यार्थी तथा कामदारलाई फाइदा

काठमाडौं । नेपाल वायुसेवा निगमका विमान अब जापान जाने भएका छन् । लामो प्रयास पछि नेपाल वायुसेवा निगमले जापान उडान अनुमति पाएको हो । जुलाइ ४ तारिखदेखि साताको तीनवटा उडान भर्ने अनुमति पाएको निगमले जनाएको छ । 

निगमका अनुसार काठमाडौं–जापान उडानको लागि नेपाली समय राति २ः३० बजेको पाएको छ भने जापान अवतरणको समय ११ः५५ (जापानको समय अनुसार) बजेको पाएको छ ।

यसैगरी निगमले जापान–काठमाडौं उडानका लागि जापानी समय अनुसार १ः५५ बजेको समय पाएको छ ।

निगमले जापानको नियमक निकाय जेक्याबाट उडान अनुमति पाएको ४० दिनभित्र नियमित उडान गर्ने योजना बनाएको भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जिर्णोद्धारको समयतालिका र कान्साइ एयरपोर्टले दिएको उडान तालिका नमिलेपछि उडान समय सरेको हो । अब भने जुलाइदेखि उडान गर्ने योजना बनाइएको निगमको भनाई छ । 

निगमले एयरबस ३३० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा’ साताको तीनवटा उडान गर्नेछ । त्यस्तै निगमले दुई साताअघि काठमाडौं–नारिता उडानको लागि पनि आवेदन दिइसकेको छ ।

निगमले एक दशकअघि बोइङ ७५७ मार्फत नेपाल–जापान सीधा उडान बन्द भएको थियो । निगमले काठमाडौं–ओशाकाका लागि एयरबस ३३० मार्फत उडान गर्ने योजना बनाएको छ । काठमाडौं–जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका–काठमाडौं उडान समयावधि साढे सात घण्टा रहने निगमको भनाइ छ । 

जापानमा १० हजार भन्दा बढी विद्यार्थी रहेको छन् । उनीहरुका लागि काठमाडौं–जापान सिधा उडानले समय तथा भाडा समेत बचत हुने छ । त्यस्तै हालै मात्र जापान सरकारले नेपालबाट कामदार लाने सहमती गरेको छ । नेपाल–जापान सिधा हवाइ उडानबाट कारदार समेत लावान्वित हुनेछन् ।   


Back_to_top