काठमाडौं । सेगवे स्कुटर ३६ हजार कम मूल्यमा किन्न पाइने भएको छ ।
सेगवे नाइनवटको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी आइ हब प्रालिले ई १०० इलेक्ट्रीक स्कुटर अब २ लाख ५५ हजार रुपैयाँमै उपलब्ध गराउने भएको हो ।
यसअघि उक्त स्कुटरको मूल्य २ लाख ९१ हजार रुपैयाँ थियो । अब कम्पनीले स्कुटरको मूल्य ३६ हजार रुपैयाँ घटाएर बिक्री गर्ने भएको हो ।
सेगवे इलेक्ट्रीक स्कुटर ई-१०० मा २.४ किलोवाटको म्याक्स पावर तथा १.८ किलोवाटको रेटेड मोटर उपलब्ध छ । यसको टप स्पीड ५८ किलोमिटर प्रतिघण्टा रहेको छ ।
ई-१०० स्कुटर सुरक्षाको हिसाबले अत्याधुनिक प्रविधिको रहेको छ । सेगवे ई-१०० चालक नबसेसम्म स्टार्ट हुँदैन ।
यसमा की-स सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरू छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।
यो ई-स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटर एकपटकको फुलचार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।