सेगवेले नाइमा मोबिलिटी एक्स्पोमा ४ नयाँ मोडेल सार्वजनिक गर्ने

काठमाडौं । सेगवेले भोलि (साउन २१ गते)देखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चार नयाँ मोडलका सवारी सार्वजनिक गर्ने भएको छ ।

नेपालका लागि सेगवे-नाइनबोटको आधिकारिक बिक्रेता आइहब प्रालिले मोबिलिटी एक्स्पोमा ४ नयाँ मोडेल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीका अनुसार मोबिलिटी एक्स्पोमा दुई नयाँ मोडेलका स्कुटर ई १५० एमके २’ र ‘ई १२५ एमके २’ सार्वजनिक गरिने छ । त्यस्तै, नयाँ मोडलको ई-बाइक साइबर र ई-साइकल (‘सफारी’ सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।

‘सेगवे ई १५० एमके २’ मा ७५०० वाटको मोटर र दुईवटा १९४४ वाट आवरको ब्याट्री रहेको छ । यसले एकपटको फुलचार्जमा ७५ देखि १२० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । यसको टप स्पीड प्रतिघण्टा ९० किमीको गतिमा गुड्ने छ ।

त्यस्तै, ‘सेगवे ई १२५ एमके २’ मा ३६०० वाटको मोटर र १९४४ वाट आवरको ब्याट्री रहेको छ । यसले एकपटको फुलचार्जमा ६० देखि १०० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । यसको टप स्पीड प्रतिघण्टा ७० किमीको गतिमा गुड्ने छ ।

त्यसैगरी, ‘सेगवे साइबर ई-बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट आवरको लिथियम ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ७७ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

‘सेगवे सफारी ई-साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट आवरको ब्याट्री छ । यसको टप स्पीड ३२ किमी प्रतिघण्टा छ भने एकपटकको फुलचार्जमा ५८ किमी गुड्छ ।

यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने कम्पनीको अपेक्षा छ ।


Back_to_top