काठमाडौं । हिरोले मोटरसाइकल तथा स्कुटरको मूल्य महिनैपिच्छे बढाउन थालेको छ । गत असार मात्रै मूल्य बढाएको कम्पनीले नयाँ आर्थिक वर्ष लागेसँगै फेरि साउनमा पनि मूल्य बढाएको हो ।
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार सबै मोडलको भाउ २ हजार रुपैयाँँले बढाएको छ ।
कम्पनीले प्रकाशित गरेको नयाँ मूल्यसूची अनुसार हिरो स्प्लेन्डर प्लसको मूल्य २ लाख १७ हजार ९००, सुपर स्प्लेन्डरको २ लाख ५५ हजार ९००, एक्स्ट्रीम १२५ को २ लाख ९६ हजार ९००र३ लाख १८ हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, एक्स्ट्रीम १६० आर फोर भीको ३ लाख ९८ हजार ९००, एक्सपल्स २०० फोर भीको २ लाख ४ लाख ७६ हजार ९०० रुपैयाँ र एक्सपल्स २०० फोर भी प्रोको मूल्य ५ लाख १ हजार ९०० रुपैयाँ तोकेको छ ।
त्यस्तै, स्कुटरको सबै भेरियन्टमा पनि २ हजार रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार जुम ११० कमब्याटको २ लाख ७१ हजार ९००, जुम ११० डिस्कको २ लाख ६४ हजार ९०० र जुम ११० ड्रमको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ पुगेको छ ।

