काठमाडौं । न्यू इनर्जी भेहिकल ब्राण्ड सेरेस थ्रीको नयाँ अपग्रेडेड मोडल भोलि बुधबारबाट बिक्री सुरू हुने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले यसको बिक्री सुरु गर्न लागेको हो ।
गत भदौ अन्तिममा भएको नाडा अटो शो २०२३ मा पहिलो पटक सार्वजनिक भएको सेरेस ईभीको पहिलो अपग्रेड भएर आउन लागेको हो । नयाँ सेरेस–थ्रीको अगाडिको फेसियामा ब्यापक परिमार्जन भएको देख्न सकिन्छ । साथै एलइडी डिआरएल र सेरेसकै ब्याच प्रयोग भएर आएको छ ।
कम्पनीले यसअघि बिक्री गर्दै आएको टप भेरियन्ट सेरेस-थ्रीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको थियो । नयाँ मोडलको मूल्य कति हुन्छ भन्ने एकिन जानकारी बाहिर आएको छैन ।
नेपाली बजारमा आएको छोटो समयमा नै सेरेस-थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।
आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस-थ्रीले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै प्रर्याप्त हेडरूम र लेगरूम दिएको छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।
यसमा १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तरक्र्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

