काठमाडौं । टीभीएस मोटरसाइकलको मूल्य बढेको छ । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले नयाँ मूल्यसूची सार्वजनिक गर्दै मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो ।
कम्पनीले ४ मोडलका मोटरसाइकल तथा तीन मोडलका स्कुटरमा मूल्य वृद्धि गरेको हो । कम्पनीले १० हजार रुपैयाँसम्मले वृद्धि गरेको छ ।
कम्पनीले टीभीएस रोनिनमा सबैभन्दा धेरै १० हजार रुपैयाँ वृद्धि गरेको हो । यसअघि ४ लाख ४९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको रोनिनको मूल्य अहिले ४ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो ।
त्यसैगरी, अपाचे आरटीआर १६० फोरभी स्पेशल एडिशनमा ८ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । यसको नयाँ मूल्य ३ लाख ८२ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यसको मूल्य यसअघि ३ लाख ७४ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यसका अलावा रेडर १२५ मा ४ हजार रुपैयाँले मूल्य वृद्धि भएको छ भने, अपाचे आरटीआर १६० फोर भी रिफ्रेस एफडीको मूल्य ७ हजार रुपैयाँले मूल्य बढेर ३ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी स्कुटरतर्फ एनटर्क १२५ को एक्सपीमा ३ हजार, ड्रममा २ हजार र आरटीएफआईमा २ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो । यी तीनै मोडलको नयाँ मूल्य क्रमशः ३ लाख २३ हजार ९०० रुपैयाँ, २ लाख ३७ हजार ९०० रुपैयाँ र ३ लाख ७ हजार ९०० रुपैयाँ रहेको छ ।
यसका अलावा अन्य मोडलको मूल्य यथावत राखेको छ ।



