अब साझा बस चढ्न नगद नचाहिने

काठमाडौं । अब साझा यातायातमा यात्रा गर्दा नगद बोक्नु नपर्ने भएको छ । साझाले आफ्ना यात्रुका लागि भाडा तिर्न कार्डको व्यवस्था ल्याएको हो । साझाले सबै बसमा डिजिटल डिभाइज जडान गरिसकेको साझा यातायातका यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । 

साझाले नेपाल बैंकसँग समन्वयन गरेर कार्ड पे सिस्टमको व्यवस्था गर्न लागिएको उनले बताए । 

‘हामीले यसअघि नै पे कार्डको परिक्षण गरेका हौं, अब सबै बसमा यसलाई लागु गर्ने गरी विस्तार गर्ने योजनामा छाँै,’ पाण्डेले मेरोअटोसँग भने । 

साझाले हालसम्म ५ सय पे कार्ड वितरण भइसको र थप कार्डको डिमान्ड आइरहेको उनले बताए । साझाको यो कार्ड निःशुल्क लिएर रिचार्ज गरि प्रयोग गर्न सकिने छ । 

हालसम्म साझाले पे कार्ड निःशुल्क वितरण गरिरहेको उनले बताए । सुरुमा २०० रुपैयाँ भएको कार्ड २०० रुपैयाँ दिएर दिने गरिएको छ । पे कार्डमा एक पटकमा २ सय रुपैयाँसम्म रिचार्ज गर्न सकिने छ । कार्डको रिचार्ज बसको सहचालक वा साझाकै अफिसमा गएर गर्न सकिने छ । 

बस भाडा पे कार्डको विस्तारसँमगै यात्रुले समयको सदूपयोग र पैसाको बचत गर्न सक्ने पाण्डले बताए । कार्डको प्रयोगकर्तालाई भाडामा भने कुनै छुट तथा सौलियत भने दिइएको छैन । 

पे कार्डको प्रयोग बढेपछि भाडामा हुने ठगीसमेत नियन्त्रण हुने पाण्डेको विस्वास रहेको छ । साझाका सबै बसमा कार्डबाटै भाडा तिर्ने सिस्टमले यात्रुलाई स्मार्ट बनाउने छ । साझासँग ६० भन्दा बढी बस रहेका छन् । साझाले यी सबै बसमा कार्डको व्यवस्था ल्याउने तयारी गरेको हो । 

यस्तै विद्यार्थीहरुका लागि हालसम्म छुटको व्यवस्था पे कार्डमै नमिलाए पनि सहचालकलाई कार्ड प्रिन्टको समयमा विद्यार्थी कार्ड देखाएमा छुट हुने उनले बताए । 

उनले पे कार्डको व्यवस्था पछि हजार–पाँच सयको नोट साट्नुपर्ने झन्जट नहुने र यात्रु र साझालाई समेत सहज हुने बताए । समय अनुसार प्रविधिको प्रयोग गर्नु पर्ने भन्दै उनले सबै सवारी पे कार्ड सिस्टम राख्न लागिएको जानकारी दिए । 


Back_to_top