काठमाडौं । जापानी इलेक्ट्रीक समान उत्पादक कम्पनी सोनीले इलेक्ट्रीक सवारीसाधनमा आफुलाई केन्द्रीत गर्ने देखिएको छ । कम्पनीले सन् २०२० मा पहिलो पटक इलेक्ट्रीक सेडान कार ‘एस-०१’को कन्सेप्ट सार्वजनिक गरेको थियो । कम्पनी सन् २०२२ को सुरुवातमा नै इलेक्ट्रीक एसयूभी ‘एस-०२’ सार्वजनिक गरेको हो ।

सानी कम्पनीको सीईओ किनिचिरो यासुडाले हिजो बुधबारबाट सुरु भएको सिइएस-२०२२ मा बोल्दै चाँडै व्यवसायीक उत्पादन सुरु हुने जानकारी दिदै भने, ‘हामीले सोनी इमोविलिटीमा काम गरिरहेका छौं । पहिलो एस-०१ को सडक परिक्षण भइरहेको छ भने चाँडै एस-०२ को परिक्षण सुरु गर्ने छौं ।’
कम्पनीले देखाएको पहिलो एसयूभीमा राउन्ड एलइडी हेडल्याम्प, स्लीक एलइडी टेलल्याम्प, कर्भी रुफलाइन, ढोकामा दिइएको रियरभ्यू क्यामेरा, चारवटा स्कृन सेटअप यसको ड्यासबोर्डमा पाउन सकिन्छ ।
कम्पनीले यसमा दिइने व्याट्रीको विषयमा केही जानकारी दिएको छैन । यद्यपी यसमा २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने जनाएको छ ।


