यामाहाको रे-जेडआर माइलेज च्यालेन्ज सम्पन्न, ७६ किलोमिटरसम्म माइलेज

काठमाडौं । यामाहाले काठमाडौंमा माइलेज च्यालेन्ज कार्यक्रम गरेको छ । यामाहाले यामाहा रेजेडआर १२५ एफआई माइलेज च्यालेन्ज कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले आयोजना गरेको माइलेज च्यालेन्ज महाराजगंजदेखि बुढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्म पुगेको हो । र्याली यामाहा शोरुम महाराजगंजबाट सुरु भएको थियो ।

यस पटकको र्यालीको बिजेता प्रति लिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बने। त्यसैगरी, प्रति लिटर ७४ किलोमिटरका साथ भिम बहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् भने संजिता महर्जन प्रति लिटर ७३.५ किलोमिटरका साथ तेस्रो भएकी हुन् ।

यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बीएस ६मापदण्ड अनुरूप, फ्युल–इन्जेक्टेड १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार आएको छ ।

‘नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ।’ एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।

यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न ग्राहकहरू स्वयम्लाई संलग्न गरी यस किसिमका र्याली निरन्तरता दिइरहनेछ ।


Back_to_top