थापाथलीमा नियम मिच्ने सभामुखको गाडीलाई सिंहदरबार पुगेर काटियो चिट

सांकेतिक तस्बिर

काठमाडौं । ट्राफिक प्रहरीले सडक नियम उल्लंघन गर्ने प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको गाडीलाई चिट काटेको छ ।

ट्राफिक प्रहरीले थापाथलीमा सडक नियम उल्लंघन गरेको भन्दै सभामुख र उनको अगुवापछुवा गरी ३ वटा गाडीलाई सिंहदराबारमै पुगेर कारबाही गरेको हो ।

ट्राफिक प्रहरी स्रोतका अनुसार बुधबार बिहान थापाथली पुलबाट माइतीघरतर्फ जाँदा उनको गाडीले  लेन गरेको थियो । पछि सिंहदरबार पुगेका गाडीलाई उहीँ गएर चिट काटिएको स्रोतले बतायो ।

कति रकम जरिवाना गरियो भन्ने खुलाइएको छैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पहिलो पटक उल्लंघन गरेमा ५०० रुपैयाँ, दोस्रो पटक उल्लंघन गरेमा १ हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक उल्लंघन गरेमा १५०० रुपैयाँ जरिवानाहुने व्यवस्था छ ।


Back_to_top