यस्तो हुनेछ नेपाल कै पहिलो विद्युतीय गाडी एसेम्बल प्लान्ट

काठमाडौं । सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि एसेम्बल प्लान्ट निर्माण गर्ने भएको छ । कम्पनीले एसेम्बल प्लान्टको डिजाइन पुरा भएको संचालक भेषबहादुर थापाले जानकारी दिए ।

नेपालमा विद्युतीय सवारी साधनको संभावना बढ्दै गएको समयमा सुन्दर यातायातले नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट खोल्ने तयारी गरेको हो ।

नेपालमा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट स्थापना गर्नका लागि सुन्दर यातायात प्रालिले रुपन्देहीको सैनामैना नगरपालिकामा स्थापना गर्ने प्लान्टको नक्सा तयार गरेको हो । चीनको सिचुवान गुहाङ अटोमोवाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्न लागिएको हो ।

विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दैगएपछि चीनको सेचुवान गुहाङ अटोमोबाइल्स कम्पनीले प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । त्यसको लागि अध्ययन गर्न आएको चिनियाँ टोलीले आफ्नो काम सकेर फर्किएको थियो ।

नेपाल र चीनको टोलीले अध्ययन गरी प्लान्ट स्थापनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र अर्थ मन्त्रालयसँग छलफल गरी सहमतिका साथ काम अघि बढाउन अन्तिम तयारी भइसकेको छ ।

कम्पनीले कुल १ अर्ब रुपैयाँ लगानीमा प्लान्ट निर्माण गर्न लागिएको हो । काठमााडौं विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातयातले अब बुटवलमा पनि विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।


Back_to_top