मोटरसाइकलमा लामो यात्रा गर्नेलाई उत्कृष्ट ४ मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । युवापुस्ता मोटरसाइकलमा लामो दुरी यात्रा गर्न रमाउँछन् । विशेषत आफ्नो छुट्टी मनाउन उनिहरु लामो यात्रामा जाने गरेको पाइन्छ । नेपालको हिमाली र पहाडी क्षेत्र घुम्न सहरी क्षेत्रमा बसोवास गर्ने युवाहरु बढी मनपराउँछन् ।

लामो यात्राको लागि उपयोगी मानिने डबल स्पोर्टस् मोटरसाइकल उनिहरुको रोजाइमा पर्ने गरेको छ । त्यसमा पनि कम मूल्यमा नै यस्ता मोटरसाइकलको खोजीमा युवाहरु रहने गरेका छन् ।

धेरै रकम खर्च गर्न सक्नेको लागि केटीएम, बिएमडब्लू, होन्डा सिआरएफ सिरिजका मोटरसाइकल बजारमा उपलब्ध रहेका छन् भने कम रकम खर्च गरेर लामो यात्राको लागि डबल स्पोर्टस् मोटरसाइकल खोज्नेको लागि कम मात्रै छनोट सुविधा रहेको छ ।

यो सेग्मेन्टमा हिरो एक्सपल्स २००, होन्डा एक्सआर १५० एल, रोयल इन्फिल्ड हिमालयन, भिआर २२० उत्कृष्ट मोडल हुन सक्छ । यी मोटरसाइकलको प्रयोग सहरी, पहाडी र हिमाली क्षेत्रमा सहजै गर्न सकिने भएकाले पनि धेरै मानिसको रोजाईमा परिरहेका छन् ।

हिरो एक्सपल्स २००

हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्कोटिङ (एनजीएम)ले नेपालमा विक्री गर्दै आएको एक्सपल्स २०० सेग्मेन्टमा नै सर्वाधिक विक्री हुने मोटरसाइकल हो । नेपाल आएको २ वर्षभन्दा कम समयमा नै ५ हजारधन्दा धेरै मानिसले एक्सपल्स २०० किनेका छन् । यसले पनि यो मोटरसाइकलको लोकप्रियतालाई देखाउँछ ।

३ लाख ९९ हजार मूल्य रहेको यो मोटरसाइकल कम रकममा डबल स्पोर्टस् मोटरसाइकल खोज्ने ग्राहकको लागि सबैभन्दा उत्तम विकल्प हो । २०० सीसीको इन्जिनले अधिकतम ८००० आरपीएममा १८.४ पीएस पावर प्रदान गर्छ भने ६५०० आरपीएममा १७.१ एनएम टर्क प्रदान गर्छ । दुबै चक्कामा डिस्क ब्रेक रहेको यो मोटरसाइकलमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।

भिआर २२०

केही वर्ष अघिसम्म एड्भेञ्चर मोटरसाइकलको बजारमा भिआरको एकछत्र राज थियो भन्दा फरक नपर्ला । तर, अहिले धेरै कम्पनीले यो सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याएसँगै केही पछि परेको छ । २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिन उपलब्ध रहेको छ ।

भीआर २२० एचमा १२ लिटरको इन्धन ट्याङ्की दिइएको छ भने, बाइकलाई आरामदायी बनाउन कम्पनीले अगाडि डबल पेरिस्कोप र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ । यसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ ।

टेकन २५०

टेकन मोटरको नेपालको लागी आधिकारीक विक्रेता एसएलआर टेक्नो प्रालिले टेकन बाइकको विक्री गर्दै आएको छ । टेकन २५० मा २२३ सीसी सिगंल सिलिन्डर ४ स्टोक एयर कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले २२ बीएच पावर र २० एनएम टर्क जेनेरेट गर्छ ।

१४ लिटरको फ्यूल ट्याङ्क क्षमता रहेको यो मोटरसाइकलको मूल्य ३ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।

होन्डा एक्सआर १५० एल

होन्डाको सर्वाधिक विक्री हुने एक्सआर १५० एल सबै किसिमको बाटोको लागि उपयुक्त मानिन्छ । स्याकार ट्रेडिङले बिग बाइक सेग्मेन्टमा राखेर विक्री गर्दै आएको यो मोटरसाइकलमा १५० सीसी क्षमताको इन्जिन रहेको छ । हिरो एक्सपल्सपछि सर्वाधिक सफल यो मोडलको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

यसमा रहेको इन्जिनले अधिकतम ७७५० आरपीएममा १२.१४ एचपी पावर र ६००० आरपीएममा १२.५ एनएम टर्क प्रदान गर्छ । यसमा १२ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ भने अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।


Back_to_top