नेपालमा महंगा गाडी खोज्नेलाई यस्ता छन् छनाेट

काठमाडौं । नेपालमा विश्वका केही प्रिमियम, सेमी–प्रिमियम र मास मार्केटलाई लक्षित गर्दै अएका ब्राण्डहरु विक्री हुँदै आएका छन् । यस्ता कम्पनीले उत्पादन गरेका महंगा गाडी धेरै आर्थिक रुपले सक्षम मानिसको सपना हुने गरेको छ । अहिले विभिन्न यूरोपियन, अमेरिकन र जापानी ब्राण्डका लग्जरी गाडी विक्री हुँदै आएका छन् ।

मूल्यको हिसावले ६ करोड ५० लाख मूल्यसम्मका गाडीहरु नेपाली बजारमा किन्न पाइन्छ । अझ केही ब्राण्डले आधिकारीक विक्रेता विना नै महंगा गाडी पनि नेपाल ल्याएर विक्री गर्दै आएका छन् ।

महंगा गाडी किन्न चाहने ग्राहकले अहिले बिएमडब्लू, मर्सिडिज, लेक्सस्, टोयोटा, र जीपका गाडीहरु मध्ये एक छनोट गर्न सक्ने अवस्था रहेको छ ।

अहिले महंगो मूल्यमा गाडी किन्न चाहनेको लागि बीएमडब्ल्यू एक्स ५, मर्सिडिज जिएलए २५० डी, टोयोटा ल्याण्डक्रुजर भिएक्स–आर, जीप ग्राण्ड चेरोकी र लेक्सस एलएक्स ४५० डी उपलब्ध रहेका छन् । चाँडै टोयोटाले एलसी ३०० पनि ल्याउने तयारी गरिरहेको छ ।

यी गाडी मध्ये सबैभन्दा महंगो मोडल लेक्सस् एलएक्स ४५० डी रहेको छ । यसको मूल्य ६ करोड ५० लाख रुपैयाँ तोकेर विक्री हुँदै आएको छ । टोयोटाको प्रिमियम ब्राण्ड लेक्ससका गाडी नेपालमा यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले विक्री वितरण गर्दै आएको छ ।
लेक्सस् एलएक्स ४५० डीमा ४६६१ सीसी क्षमताको डिजेल इन्जिन उपलब्ध रहेको छ ।

नेपालमा विक्री हुने अर्को महंगो गाडी टोयोटा ल्याण्डक्रुजर भिएक्स–आर हो । यसमा ४४६१ सीसी क्षमताको इन्जिन दिइएको छ । कम्पनीले यसको मूल्य ४ लाख ५२ हजार रुपैयाँ तिरेर विक्री वितरण गर्दै आएको छ ।

किशोर गियरले विक्री गर्दै आएको मर्सिडिज जिएलए २५० को मूल्य ४ करोड ६० लाख हाराहारी पर्छ । यो मर्सिडिजको धेरै विक्री हुने मध्येको एक मोडल हो । मर्सिडजकै जीएलए ४५ को भने ६ करोड ३० लाख हाराहारी पर्ने छ ।

लक्ष्मी प्रिमियमले नेपालमा विक्री गर्ने अर्को जर्मन ब्राण्ड बीएमडब्ल्यू एक्स ५ महंगो मोडलमा पर्छ । यसको मूल्य ४ करोड १५ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीले ल्याएको यो मोडल प्लगइन हाइब्रिड हो । यसलाई व्याट्रीबाट ७७ किलोमिटर चलाउन सकिन्छ भने यसमा २९९८ सीसी क्षमताको इन्जिन दिइएको छ ।

अमेरिकी एसयूभी एक्सपर्ट जीपको चर्चित एसयूभी ग्राण्ड चेरोकी नेपालमा किन्न सकिने अर्को महंगो मोडल हो । यसमा ३.० लिटर भि सिक्स इन्जिन दिइएको छ । कम्पनीले यसको मूल्य २ करोड ५९ लाख ९० हजार रुपैयाँ रहेको छ ।


Back_to_top