विवाइडीले इलेक्ट्रीक ह्याचव्याक कार नेपाल ल्याउने

काठमाडौं । चिनियाँ इलेक्ट्रीक सवारी साधन र व्याट्री निर्माता कम्पनी विवाइडीले इलेक्ट्रीक ह्याचव्याक कार ल्याउने भएको छ । कम्पनीले केही दिनअघि चीनको उद्योग र सुचना प्रविधि मन्त्रालयबाट स्वीकृति पाएसँगै EA1 ह्याचव्याक माेडलकाे विक्री सुरु गर्न लागेको हो ।

चीनमा विक्री सुरु भएसँगै कम्पनीले अष्ट्रेलिया र यूरोपमा पनि विक्री सुरु गर्ने जनाएको छ । अष्ट्रेलियामा राइड ह्याण्ड ड्राइभ गाडी चल्ने भएकाले त्यहि स्पेक नेपाल पनि आउने आधिकारीक विक्रेता साइमेक्स इङ्कले जनाएको छ ।

‘सन् २०२२ को पहिलो क्वाटरसम्म विवाइडी EA1 नेपाल आउने छ । त्यसको लागि आवस्यक प्रक्रिया हामीले सुरु गरिसकेका छौं’, साइमेक्स इङ्कका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले मेरोअटोसँग भनिन् ।

विवाइडीको EA1 चीनमा पनि निकै प्रतिक्षा गरिएको मोडलमा पर्छ । यस्तोमा नेपालमा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा यसलाई उतार्ने साइमेक्सले योजना बनाएको छ ।

विवाइडीले नयाँ क्रसओभर ‘आफ्नो पछिल्लो ३.० इ-प्ल्याटफर्ममा बनाउन लागेको हो । यस प्ल्याटफर्मको मुख्य विषेशता भनेको हलुका, सानो, बलियो तथा कम इनर्जी खपत गर्ने रहेको कम्पनीले दावी गरेको छ । यस प्ल्याटफर्मले ८९ प्रतिशत इफिसियन्सी बढाउने छ ।

विवाइडीको नयाँ प्ल्याटफर्म ३.० मा आधारित नयाँ ह्याचव्याक निकै तिब्र गतिमा कुद्न सक्ने हुनेछ भने, यसको रेञ्जपनि निकै राम्रो रहने बताइएको छ । यो प्ल्याटफर्ममा उत्पादन हुने कारलाई ८०० भोल्टको फास्ट चार्जीङ टेक्नलोजीले चार्ज गर्दा ५ मिनेटमा नै १५० किलोमिटर गुढाउन मिल्ने कम्पनीकाे दावी छ ।

विवाइडीले ३.० मा आधारित गाडीमा अल्ट्रा-सेफ ब्लेड व्याट्रीको प्रयोग गरेको छ । यसलाई विद्युतीय कारमा प्रयोग भएको सबैभन्दा सुरक्षीत मध्येको एक व्याट्री मानिन्छ ।

दुई साइज र व्याट्री अप्सनमा आउने यो गाडीको लम्बाई ४०७० एमएम र ४२६१ एमएमको हुनेछ । यी गाडीमा २७०० एमएमको ह्वीलवेस प्रयोग हुने कम्पनीले उल्लेख गरेको छ ।

अहिलेसम्म कम्पनीले व्याट्री साइजको विषयमा जानकारी नदिएपनि एक पटकको फुल चार्जमा ४०० देखि ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग हुने जनाएको छ । नयाँ ह्याचव्याकको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टा रहने छ ।

यसको मूल्य नेपाल आउँदा ३५ देखि ४० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top