सुजुकीको मोटरसाइकल किन्दा ५ लाखसम्म पाइने, ५ वर्षसम्म सर्भिसिङ फ्री

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले ‘दशैँ आयो क्यास पायो’ स्कीम ल्याएको छ ।

कम्पनीले दशैं, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा उक्त योजना ल्याएको हो ।

यस स्कीम अन्तर्गत सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् ।

साथै, एक्स्चेन्ज र फाइनान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वशनीयता कायम गर्न ५ वर्षको वारेण्टीका साथै ५ वर्षसम्म फ्री सर्भिसिङ सुविधा पनि दिएको छ ।


Back_to_top