सुजुकी मोटरसाइकल इन्डियाले उत्पादन सुरु गरेको १२ वर्ष पछि दोस्रो म्यानुफ्याक्चर प्लान्ट निर्माण गर्ने भएको छ ।
कम्पनीले ६०० करोड भारु लगानी गर्दै भारतको उत्तर प्रदेश, हरियाणा र राजस्थानमा प्लान्ट निर्माण गर्ने घोषणा गरेको हो । १२ वर्ष अघि कम्पनीले गुरुग्राममा कार म्यानुफ्याक्चरिंग प्लान्टस्थापना गरेको थियो ।
यो प्लान्टबाट प्रत्येक वर्ष ५ लाख ४० हजार युनिट्स गाडि उत्पादन हुने गर्छ । नयाँ प्लान्टले सन् २०२१/२२ बाट उत्पादन सुरु गर्ने अनुमान गरिएको छ । नयाँ प्लान्टबाट कति युनिट्स गाडि उत्पादन गर्छ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन् । सुजुकी मोटरसाइकलले २०२१ सम्ममा १० लाख युनिट्स गाडि बिक्री गर्ने योजना बनाएको छ । कम्पनीको आगामी लक्ष्य प्लान्ट मार्फत अतिरिक्त गाडि निर्माण गर्नु हो ।
कम्पनीले बित्तिय वर्ष २०१७ मा पाँच लाख युनिट गाडि बेच्ने योजना पुरा गरेको थियो भने बित्तिय वर्ष २०१८/१९ मा ७ लाख गाडि बेच्ने लक्ष्य लिएको छ । हाल, सुजुकी मोटरसाइकल नयाँ उत्पादन भिएस्ट्रोम ६५० मा केन्द्रित भएको छ । बित्तीय वर्ष २०१८ मा सुजुकीले ठूलो बजेटको ३०० गाडि बिक्री गरेको थियो । कम्पनीले बित्तीय वर्ष २०१९ सम्ममा ५०० युनिट्स गाडि बेच्ने जनाएको छ ।
तत्काल कम्पनीले ठूलो बजेटको गाडि निर्माण संगै सोही अुनपातमा बिक्री गर्ने योजना बनाएको छ । सुजुकी जिएसएक्स-एस ७५० भारतमा सार्वजनिक भएपछि कम्पनीले ८०० सेग्मेन्टका नयाँ गाडिहरु ल्याउँने तयारी गरेको छ ।


