टोयोटा रसले एसयूभीमा नयाँ बेञ्चमार्क बनाउने छः महेश कुमारको अन्तर्वार्ता

नेपालमा आधिकारीकरुपमा आजभन्दा ५१ वर्ष अगाडिदेखि बिक्री-वितरण हुँदैआएको सवारीसाधन टोयोटाले नेपाली बजारमा आफुलाई सधैँ विश्वसनीय ब्रान्डको रुपमा चिनाउँदैआएको छ । हाम्रो बजारमा टोयोटाको विश्वसनीयता उच्च हुनुमा अन्तर्राष्ट्रिय एजेन्सीहरूले समेत पहिलो रोजाईमा राख्नुले गर्दा भएको मान्नहरू निकै भेटिन्छन् । आर्थिक वर्ष २०७४-०७५ सकिएर नयाँ आर्थिक वर्षको सुरुवातमा नै टोयोटाले नयाँ मोडलको एसयूभी ‘रस’ सार्वजनिक गरेर बजारमा एग्रेसिभ मूभ गर्न खोजेजस्तो देखिएको समय पारेर युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका महाप्रबन्धक महेशकुमारसँग मेरोअटोले गरेको कुराकानीको सारसङ्क्षेपः

नयाँ आर्थिक वर्षको सुरुवात भएको छ । गतवर्षको तपाईंहरूले गर्नुभएको व्यवसाय विस्तार र आगामी रणनीति कस्तो बनाउनुभएको छ ?

गतवर्ष हाम्रालागि निकै सुखद् रह्यो । गतवर्ष हामीले हाइलक्सको सबैभन्दा बढी बिक्री गर्यौँ । त्यसैगरी, प्राडो, र्याप-४ र कमर्शियल भेइकलमा हायस निकै राम्रो बिक्री गर्न सफल भयौँ । नेपालमा विशेष गरेर सवारीसाधन किन्न चाहने मानिसहरूले सुरक्षा र सर्भिस हेरेर मात्र ब्रान्ड छनोट गर्ने र गाडी किन्ने चलन सुरु भएको मैले अनुभव गरेको छु ।

अटोमोवाइल ब्यवसायको मुख्य कुरानै सर्भिस हो । सर्भिस कमजोर हुनासाथ तपाईंको ब्रान्डप्रतिको दृष्टीकोण नै गलत बन्न जान्छ । हाम्रो सवालमा हामीले बिक्री गर्दैआएको गाडी पनि महंगो छ भने सर्भिस पनि महंगो छ । त्यसैले हामीले बिक्रीको समयमा प्याकेज निर्माण गरेर बिक्री गर्दैआएका छौँ  ।

सबैले गाडीको सुरक्षामा निकै चासो दिएका हुन्छन् । त्यसपछि यसको पाँच वर्षपछि बजारमा उपलब्धता कस्तो रहन्छ, सर्भिस उपलब्ध हुन्छ वा हुँदैन, जस्ता विषयमा क्लियर भएर मात्रै गाडी किन्ने मानसिकता बनाउन सुरु भएको छ । त्यसपछि मूल्य, रिसेल्स भ्यालूजस्ता कुराहरू ग्राहकको चासोमा पर्ने गरेका छन् । हामीले यो आर्थिक वर्षको सुरुवातमा नै टोयोटा रसलाई नेपाली बजारमा सार्वजनिक गरेका छौँ । यसले यो आर्थिक वर्ष हाम्रा लागि निकै राम्रो हुने हामीले विश्वास लिएका छौँ ।

सर्भिस सेन्टरको सहज उपलब्धताका लागि तपाईंहरू कसरी अगाडिको प्लान गरिरहनुभएको छ ?

अटोमोवाइल ब्यवसायको मुख्य कुरानै सर्भिस हो । सर्भिस कमजोर हुनासाथ तपाईंको ब्रान्डप्रतिको दृष्टीकोण नै गलत बन्न जान्छ । हाम्रो सवालमा हामीले बिक्री गर्दैआएको गाडी पनि महंगो छ भने सर्भिस पनि महंगो छ । त्यसैले हामीले बिक्रीको समयमा प्याकेज निर्माण गरेर बिक्री गर्दैआएका छौँ । विगत तीन वर्षदेखि रेगुल सर्भिसबाहेक अन्य आउने मेजर समस्याका लागि केही एडिस्नल चार्ज लिएर हामीले सस्तोमा ग्राहकलाई सेवा दिइरहेका छौँ । उदाहारणका लागि कोही टोयोटाको गाडी धनीले वार्षिक ३५ हजार किलोमिटर यात्रा गर्छन् भने त्यस अवधिमा थ्री एस सर्भिस कम्पनीसँग लिने र त्यसमा करिब १० हजार रुपैयाँ वार्षिक थप चार्ज तिरेको खन्डमा त्यसबीचमा आउने मुख्य समस्याहरू कम्पनीले ब्यहोर्नेछ । त्यसका लागि हामीले पोलीसी नै बनाएर ग्राहकलाई दिने गरेका छौँ । यसबाट हाम्रा ग्राहक निकै सन्तुष्ट हुनुभएको हामीले पाएका छौं । यस्तो प्लानअनुसार काम गर्दा आजको दिनमा हाम्रो केन्द्रमा रहेको सर्भिस सेन्टरमा दैनिक ३५ देखि ४० वटासम्म गाडी सर्भिसिङका लागि आउने गरेका छन् । यसबाहेक हाम्रा सबै डिलहरू कहाँ थ्री एस सेवासहितको सर्भिस सेन्टर रहेको छ ।

स्पेयर पार्टसमा आफैँ आउटले खोलेर काम गर्दै हुनुहुन्छ, कस्तो छ रेस्पोन्स ?

हाम्रो धेरै ग्राहकको लागि स्पेयर पार्टस्मा अझै कन्फ्यूज रहेको पाइन्छ । बजारमा टोयोटाको जेनियून पार्टस् र नन्टोयोटा पार्टस्को बीचमा मूल्यमा निकै ठूलो फरक रहेको छ । हामीले कुनै पनि बेच्ने जेनियून पार्टस् १ हजार रुपैयाँ पर्छ भने त्यही नन्टोयोटा पार्टस् ६ सयमा पाउन सकिन्छ । यसमा फरक के छ भने हामी हरेक पार्टस्मा वारेन्टी दिन्छौँ, भने नन्टोयोटा पार्टस्मा कुनै किसिमको वारेन्टी हुँदैन । अहिले ग्राहकहरू आफैँले गरेको माउथ पब्लिसीटीले हाम्रोमा टोयोटा पार्टस् नै किन्न पर्छ भनेर आउन थाल्नुभएको छ ।

अहिले हामीले उपत्यकामा दुई स्थानमा पार्टस्को स्टोर खोलेका छौँ । नयाँबजार र कुलेश्वरबाट हामीले सेवा दिइरहेका छौँ भने, २०१८-१९ मा भक्तपुर, नक्साल र कलंकीमा आउटलेट खोल्नेछौँ । त्यसैगरी, उपत्यका बाहिर पोखरामा खोलीसकेका छाैँ, त्यसको फर्मल ओपनिङ हुन बाँकी नै छ । धनगढी, बिर्तामोड, धरान, इटहरी, विराटनगरजस्ता ठाउँमा हामी जानेछौँ । हाम्रो प्लानअनुसार भएको खन्डमा अबको डेढ वर्षमा हामी १५ वटा स्पेयर पार्टस्को आउटलेट बनाउनेछौँ ।

यो बीचमा कारको मोडलहरू कस्ता-कस्ता आउनेछन् ?

हामीले रस त ल्याइसकेका छौँ, त्यसपछि हाम्रो प्लानमा यारीस रहनेछ । त्यसकासाथै पुराना कारहरूको नयाँ जेनेरेशनसमेत आउनेछन् । टोयोटा रस नेपाली सडकको अवस्थाअनुसार रहेको छ । यो कार रियर ह्वील ड्राइभमा आएको छ भने यसको २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले नेपाली बजारमा एसयूभीमा नयाँ बेञ्चमार्क बनाउनेछ ।

रसको बिक्री लक्ष्य कस्तो राख्नुभएको छ ?

यो कारको माग नेपालमा मात्रै होइन, संसारभर अत्यन्त राम्रो रहेको छ । २०१८ को लागि हामीले ३५० यूनिट रस अडर गरेका थियौँ । सायद हामीले अबको पाँच महिनामा २५० यूनिट कार पाउनेछौँ । अहिले नै प्रि–बुकिङ खुल्ला गर्दा १५० यूनिट बुकिङ लिएका छौँ । नाडा अटो-शोमा विशेषरुपमा प्लान गरेर जाँदैछौँ । नाडामा हामी धेरै ठूलो भोलूममा बुकिङ गर्ने प्लानमा रहेका छौँ ।


Back_to_top