काठमाडौं । सुजुकी ‘स्विफ्ट स्पोर्ट रेड डेभिल’ लिमिटेट इडिसनमा आउने भएको छ । यस कुराको आधिकारीक घोषणा जापानीज कार उत्पादक सुजुकीले गरेको छ ।
यो रेड डभिल इडिसन जम्ममा १०० वटामात्र उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ ।
रेड डेबिल रातो कलरमा मात्र आउने छ, भने यसको हुड, फ्रन्ट बम्पर, डोर तथा फ्रन्ड डोर र रियर डोर प्यानलमा भने कार्वन ब्ल्याक कलर दिइने छ ।
यसको इन्टेरियरमा पनि ड्यासबोर्ड र डोर प्याडमा दिइएको रेड कलरले कारलाई निकै स्पोर्टी देखाएको छ ।
नयाँ तेस्रो जेनेरेशन स्विफ्ट निकै आर्कषक रुपमा आएकोमा अझ यो स्पोर्ट मोडलले स्विफ्टको आर्कषकतालाई निकै माथि पुर्याएको छ ।
फिचर
सुजुकीले रेड डेबिल स्पोर्ट कारमा १७ इन्चको अलोइह्वील दिएको छ भने, एकदमै कम रहेको ग्राउन्ड क्लेयरेन्सले कारलाई निकै आकर्षक बनाएको छ । रेगुलर मोडलमा धेरै जसो परिर्वतन नगरिएको कारको कलर कम्बिनेशनसँग खेलेको कम्पनीले स्पोर्टीनेस थप्ने काम गरेको छ ।
सुजुकी कम्पनीले रेड डेबिलमा कुनै किसिमको मेकानिकल परिर्वतन गरेको छैन । १.४ लिटर बुस्टरजेट इन्जिन दिइएको यस रेड डेबिलले १४५ बिएचपी पाव र २३० एनएम टर्क उत्पादन गर्छ । ६ स्पिड अटोमेटिक र म्यानुयल दुबै गियरबक्समा उपलब्ध यो कार हेन्डलिङ गर्न निकै सहज भएको बताइएको छ ।