टोयोटाका इलेक्ट्रीक कारमा साइकलको जस्तै प्याडल !

काठमाडौं । जापानी सवारी उत्पादक कम्पनी टोयोटाले विद्युतीय सवारीको दुनियामा नयाँ प्रविधि बारे अध्ययन गरि रहेको छ । टोयोटा अमेरिकाको अनुसन्धान र विकास वीङले सवारीको लागत कम गर्न सकिने बारे अध्ययन भइ रहेको जनाएको छ । 

टोयोटा मोटर इन्जिनियरिङ एन्ड म्यानुफ्याक्चरिङ नर्थ अमेरिका (टीइएमए)ले यसबारे गहन अनुसन्धान गरिरहेको छ । विद्युतीय कारमा पनि प्याडल राखिने र त्यो प्याडल चलाएर गाडीको व्याट्री रिचार्ज हुने कम्पनीको भनाइ छ । 

उक्त प्रणलीलाई राइट–शेयरिङ सिस्टम भनिएको छ । यसले उपभोक्तको सवारी चार्ज गर्न लाग्ने लागममा समेत उच्च गिरावट आउने जनाइएको छ । अहिले साइकलमा भएजस्तै प्याडल राखिने छ जुन गाडीको भित्रि भागमा चालकले सहजै चलाउन सकिने गरि राखिने छ । 

प्याडल राखिएको विद्युतीय सवारी चालकले जति धेरै प्याडल चलाउने छ त्यति नै उसले खर्च बचत गर्ने छ । टोयोटाले जसरी विद्युतीय सवारीका लागि यो डिजाइन तयार गरेको छ, त्यो भन्दा धेरै चुनौती पूर्ण छ सवारीमा प्याडलको विकास गरेर संचालन गर्न योग्य बनाउन । 

सेल्फ ड्राइभिङ कारका लागि यो प्रविधि उपयोगी हुनेछ । टोयोटाको सेल्फ ड्राइभिङ ट्याक्सीले उक्त प्रविधि भएमा धेरै सेवा दिन सक्ने कम्पनीको भनाइ छ । 

टोयोटाले विकास गर्न लागेको यो आइडिया आवश्यकता भन्दा बढी चुनौतीपूर्ण रहेको छ । कारमा यात्रा गर्दा प्याडल चाल्नु र हिँड्नु वा साइकल÷मोटरसाइकल चलाउनुमा फरक नहुने कुराका लागि आम मानिसहरुमा आश्वस्त हुने आवस्था आउँछ कि आउँदैन भन्ने पनि अर्को सँगसँगै आउने विषय हो । तर, यस्तो विषयमा भने हामी आशावादी हुनु पर्छ । नयाँ प्रविधिको विकास हुनु सकारात्मक विषय हो, त्यो पनि विद्युतीय सवारीको विकासमा ।


Back_to_top