यस्तो थियो रोयल इन्फिल्डको स्कुटर, ५६ बर्ष पहिला नै हुन्थ्यो सेल्फ स्टार्ट

काठमाडौं । नेपाली बजारमा रोयल इन्फिल्डका उत्पादनहरु निकै चर्चित रहेका छन् । यस कम्पनीका कयौं बाइकसँग धेरै नेपाली परिचित भएपनि उक्त कम्पनीले ल्याएको ‘फेन्टाबुलस’ स्कुटरको बारेमा कमैलाई थाहा होला । यसो हुनुको मुख्य कारण कम्पनीले अहिले यो स्कुटरको उत्पादन गर्दैन । 

बिशेष गरेर ३५० सीसीभन्दा माथिल्लो इन्जिन क्षमतामा आउने रोयल इन्फिल्डका बाइक नेपाली बजारमा चर्चित मध्यमा पर्ने बाइक हो । तर, रोयल इन्फिल्ड मनपराउने कयौ उपभोक्तालाई उसले ल्याएको स्कुटरको बारेमा थाहा नहुन सक्छ । 

८० बर्ष पुरानो डिजाइन

रोयल इन्फिल्डले सन् १९४० को सुरुवाति समयमा भेष्पार लम्र्वाटा कम्पनीले उत्पादन गर्ने जस्तो स्टाइलमा एक स्कुटरको डिजाइन तयार गरेको थियो । तर, कम्पनीले यो प्रोजेक्टलाई कहिल्यै पूर्णता दिन सकेन । 

उक्त डिजाईन निर्माण भएको करिब २२ बर्षपछि सन् १९६२मा कम्पनीले ‘फेन्टाबुलस’ नामबाट स्कुटरको उत्पादन गरेको थियो । यो स्कुटरको नाम फेन्टाबुलस राख्नुको उद्देश्य स्कुटरको पर्फरमेन्स र मूल्य मुख्य रहेको थियो । 


Back_to_top