काठमाडौं । बाइक वा स्कुटरमा लामो यात्रा गर्न रुचाउनु हुन्छ भने तपाईले आफ्नो बाइकको सुरक्षामा केहि यस्ता उपाय अपनाउनु पर्ने हुन्छ । नेपालको बाटोमा उकालो, ओराले र कच्ची सडक धेरै भएकाले केहि लामो यात्रामा बाइक तथा स्कुटर तात्नसक्ने संभावना धेरै हुन्छ ।
यसरी दुइपाङ्ग्रे सवारी साधन धेरै तात्यो भने बीचबाटोमा नै दुख पाउने संम्भावना रहन्छ । त्यसैले अहिले आएका नयाँ बाइक तथा स्कुटरमा त टेम्पेक्चर नाप्ने अप्सन दिइएको हुन्छ तर, पुराना बाइकमा यस्तो अप्सन दिइएको हुँदैन ।
अहिले बजारमा यस्ता पुराना बाइकलाई कामलाग्ने आयल डिपस्टिक थर्मोमिटर आएको छ, जसको सहयोगले ताक्रम नाप्न सकिन्छ ।
यो आयल डिपस्टिक थर्मोमिटरको बजारमा करिब ७ सय रुपैयाँमा खरिदगर्न सकिन्छ । यसलाई फियुल गेजमा लगाउनु पर्छ । त्यसपछि यदि बाइकको ताक्रम बढेर हिट भएको खण्डमा यो मिटरले देखाउने छ ।
यदी तपाई लामो ड्राइभमा जन लाग्नु भएको छ भने यसको निर्देशाअनुसार बाइकलाई रेष्ट दिदै जान सक्नु हुनेछ । जसले तपाईको यात्रालाई सुरक्षित, सहज र रोमाञ्चित बनाउने छ ।