टेल्जीले ल्यायाे २०२२ मोडल इलेक्ट्रीक स्कुटर, मूल्य २ लाखभन्दा कम

काठमाडौं । टेल्जीको २०२२ मोडलका स्कुटर नेपाल भित्रिएको छ । योमा मा इ मोटर्सले २०२२ मोडलका टेल्जी स्कुटरको विक्री सुरु गरेको हो ।

नेपालमा इलेक्ट्रीक स्कुटरको माग बढ्दो क्रममा रहेको बेला कम्पनीले टेल्जी टाइगरलाई अपग्रेड गरेर २०२२ भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीले हाल टेल्जी टाइगर मात्र भित्र्याएको जनाएको छ भने चाँडै नै नयाँ अन्य मोडलसमेत भित्र्याउने जनाएको छ ।

कम्पनीले टेल्जी टाइगरमा मोवाइल, ग्लभ बक्स थप गरेको छ भने यसमा अटो जार्जिङ अफ गर्ने टेक्नोलोजिली थप गरिएको कम्पनीले जनाएको छ ।

टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ ।

यसका अलावा यो स्कुटरमा की-लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

यो स्कुटरको मूल्य २ लाख ५ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको कम्पनीले जनाएको छ । यसमा कम्पनीले ६ हजार रुपैयाँ छुट दिने जनाएको छ । छुट पश्चात ग्राहकले १ लाख ९९ हजार रुपैयाँमा टेल्जी टाइगर खरिद गर्न सक्नेछन् । यसमा ग्राहकले हेलमेट, ब्याक रेष्ट चार्जज जस्ता एशोसरिज प्राप्त गर्नेछन् ।


Back_to_top