१७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपाल आउदै, कती पर्ला मूल्य

काठमाडौं । इलेक्ट्रीक दुई पागँ्रेको माग नेपाली बजारमा बढ्दै गइरहेको छ । गएको अँग्रेजी आर्थिक वर्षमा मात्रै लगभग २५ सय यूनिट इलेक्ट्रीक दुई पागँ्रे सवारीसाधन आयात भएको डाटामा देखिएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढि हो ।

माग बढेसँगै यसको उपलब्धता समेत वृद्धि हुँदै गएको छ । नेपालमा हाल २ दर्जनभन्दा धेरै ब्राण्डका इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल विक्री वितरण भइरहेको छ ।

केहि समय अघि मात्रै नेपालमा भारतीय ब्राण्ड ओडिसीको विक्री सुरु भएको हो । ओडिसीको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी इगो अटोमोटिभ्सले नयाँ स्कुटर नेपाल भित्र्याउने तयारी गरेको छ ।

कम्पनीका अनुसार नेपाल ल्याउने तयारी भइरहेको स्कुटरले एक पटकको फुलचार्जमा १७० किलोमिटर रेन्ज दिन्छ । ओडिसी हक प्लस नामक इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारीमा रहेको कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको हो । कम्पनीका अनुसार अबको एक महिना भित्र हक प्लस नेपालमा सार्वजनिक हुनेछ ।

ओडिसी हक प्लसमा १.९ किलोवाट पिक पावरको मोटर रहेको छ । यो मोटरले ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा २.८८ किलोवाट क्षमताका लिथियम आयन ब्याट्री प्याक रहेको छ । यो ब्याट्रीलाई फुलचार्ज गर्न ४ घन्टा समय लाग्छ भने उक्त चार्जले यो स्कुटरमा १७० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी छ ।

हक प्लसमा फुल डिजिटल इन्सट्रुमेन्ट कल्स्टर, ब्लूटूथ कनेक्टीभीटी, एडजष्टएबल ब्रेक लिभर, मोवाइल चार्जिङ पोर्ट, क्रुजर कन्ट्रोल, कि लेस स्टार्ट, डिस्क ब्रेक तथा म्युजिक सिस्टम जस्ता अत्याधुनिक फिचर पाउन सकिन्छ । यो स्कुटरमा १२ इन्चको ट्युवलेस टायर दिइएको छ भने टेलिस्कोपिक सस्पेन्सन उपलब्ध छ ।

यो स्कुटरको भारतीय बजारमा मूल्य १ लाख १४ हजार ५०० निर्धारण भएको छ । अबको १ महिना भित्र नेपालमा सार्वजनिक हुने तयारीमा रहेको यो स्कुटरको नेपाली बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।

 


Back_to_top