डिसेम्बरमा सार्वजनिक हुँदै टाटा अल्ट्रोज, जनवरीमा नेपाल आउने

टाटाले आगामी महिना आफ्नो पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोजलाई भारतीय बजारमा उतार्ने भएको छ । करिब ६ महिना अघि नै आउने भनिएपनि विभिन्न कारणले ढिलाई भएको कम्प्नीले जानाएको छ ।

टाटाको लागि नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले अल्ट्रोजलाई जनवरीमा सार्वजनिक गर्ने जानकारी दिएको छ । 

‘डिसेम्बरमा भारतीय बजारमा सार्वजनिक हुने भनिएको छ । जनवरीबाट नेपालमा पनि यसको बिक्री सुरु हुने छ’ सिप्रदी स्रोतले भन्यो । 

टाटा अल्ट्रोजले मारुती सुजुकी बलेनो, हुन्डाई इलाइट आई–२० सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

आरामदायी, ठूलो एरिया भएको विभिन्न क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्सकोे कारण यसलाई उत्कृष्ट मानिएको छ । नयाँ अल्फा प्लाटफर्ममा निर्माण भएको अल्ट्रोजमा विभिन्न विशेषता दिइएको छ । 

यसको कुल तौल ९६१ किलोग्राम रहेको छ । यसको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ । यसमा आकर्षक हेडलाइट, डे टाइम रनिंग लाइट, १७ इन्चको अलोय ह्वील लगाइएको छ ।

टाटा अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको छ । यसको ह्वीलवेश २५०१ एमएम रहेको छ । 

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । जसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ ।


Back_to_top