काठमाडौं । टाटा मोटर्सले एकपछि अर्को ल्याएको नयाँ मोडलका गाडी सुरक्षामा निकै अब्बल सावित भएका छन् । कम्पनीले आगामी जनवरी २२ तारिखमा सार्वजनिक गर्ने आफ्नो पहिलो प्रिमियम ह्याचव्याक कार अल्ट्रोजले ग्लोबल न्यू कार एसिस्मेन्ट प्रोगाम (जिएनक्याप)ले गरेको क्रयास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको हो।
एडल्ट सेफ्टीमा ५ स्टार रेटिङ पाएको अल्ट्रोजले चाइल्ड सेफ्टीमा भने ‘थ्रि स्टार’ मात्र पाएको छ।
योसँगै अल्ट्रोज ‘फाइभ स्टार’ रेटिङ पाउने टाटा मोटर्स र भारतम बनेको मध्येकै दोस्रो गाडी हो। यसअघि पनि टाटा नेक्सनले ५ स्टार रेटिङ पाएको थियो ।
‘हामी आशा गर्छौ, हाम्रा उत्पादनहरुले ग्राहकको सुरक्षालाई निकै महत्व दिएको छ । ग्राहकहरुले गाडी किन्नुअघि सुरक्षाको विषयमा लिने चिन्तालाई हाम्रो नयाँ उत्पादनले ढुक्क हुने अवस्था सृजना गरेको छ’, टाटा मोटर्स प्यासेन्जर भेहिकल यूनिटका प्रेसिडेन्ट मयांक पारेकरले भने ।
आगामी फेब्रुअरीको पहिलो साताबाट नेपाली बजारमा बिक्री गर्ने तयारी भइरहेको यो कारले आफ्नो सेग्मेन्टमा हुन्डाई इलाइट आई २०, मारुती सुजुकी बलेनो जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

