टाटा अल्ट्रोज नेपाल ल्याउने मिति तय, कति पर्ला मूल्य

काडमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले कम्पनीको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज जनवरीको अन्तिम साता सार्वजनिक गर्ने भएको छ । केही दिनअघि भारतमा सार्वजनिक भएको अल्ट्रोज जनवरीमा नेपाल ल्याउन लागिएको हो ।

कम्पनीले ल्याउने उक्त ह्याचव्याक कारले मारुती सुजुकी बलेनो र हुन्डाई इलाइट आई २० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

निकै आरामदायी, ठुलो स्पेश, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्स रहने दबी गरिएको अल्ट्रोज कम्पनीले आफ्नो नयाँ अल्फा प्लाटफर्ममा निर्माण गरेको हो ।

 

यसको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको कम्पनीले जनाएको छ । आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर यसमा उपलब्ध रहेको छ । अल्ट्रोजमा अल ब्ल्याक ड्याशबोर्ड, चारओटा एयर भेन्ट दिइएको छ । साथै, यसमा ३४१ लिटरको बुटस्पेश उपलब्ध हुने छ ।

१७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ ।

 

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।

 

कम्पनीले यसको मूल्यका विषयमा अहिल्यै कुनै जानकारी दिएको छैन । यद्यपी यसको सुरुवाति मूल्य करिब ३४ लाख हाराहारीमा पर्ने अनुमान गरिएको छ ।


Back_to_top