केटीएमले सन् २०२० को मध्य सम्ममा केटीएम २५० एडभेन्चर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । एडभेन्चर लुक्स तथा डिजाइनमा आउने यो मोडलमा ड्यूक ३९० एडभेन्चरको चेसिस र बडी प्यानलमा आउने छ ।
नयाँ फ्युल ट्यांकी, एक्सटेन्सन राउन्ड बेली प्यानको यसमा प्रयोग गरिएको छ ।
केटीएम ३९० एड्भेन्चरमा एलइडी हेडल्याम्प रहने छ भने २५० एडभेन्चरमा हेलोजन हेडल्याम्प सेटअपमा दिने जनाइएको छ । यसको फ्रन्ट र रियर साइडमा १७ इन्चको अफरोड ह्वील लगाइएको छ ।
त्यसैगरी, यसको फ्रन्ट साइडमा ४३ एमएमको युएसडी फर्क र रियरमा प्रिलोड एडजसटेबल मनोशक दिइएको छ । यसमा उपलब्ध यसमा २४८.८ सीसी, लिक्वीड फ्युल इन्जेक्टेड कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । जसले ९००० आरपीएममा ३० पीएस पावर र ७५०० सय आरपीएममा २४ एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पीड गियरबक्स जडान गरिएको छ ।
यसको दुवै ह्वीलमा डिस्क ब्रेक उपलब्ध रहने छ । उक्त मोटरसाइकलको उचाई ८३० एमएम रहने छ भने तौल १६१ किलोग्राम हुनेछ । यसमा वीन्डस्क्रीन, क्लच, इन्स्ट्मेन्ट क्लस्टर जस्ता धेरै फिचर ३९० एडभेन्चरबाट लिइने छ ।


