काठमाडौं । टाटा मोटर्सले चाँडै बजारमा लयाउने प्रिमियम इलेक्ट्रीक एसयूभी फ्रिल्याण्डरको प्लेटफर्ममा उत्पादन हुने भएको छ । कम्पनीले अभिन्यामा चेरी र ज्यागुअर ल्याण्ड रोभर मिलेर बनाएको नयाँ ब्राण्ड फ्रिल्याण्डरको प्लेटफम प्रयोग गर्ने भएको हो ।
कम्पनीले यसअघि अभिन्यामा ज्यागुअर ल्यान्ड रोभर को ‘ईएमए’ नामक विशेष ईभी प्लेटफर्म प्रयोग गर्ने बताएको थियो । अहिले उक्त योजना रद्द गर्दै फ्रिल्याण्डरको नयाँ इन्टेलिजेन्ट मोड्युलर आर्किटेक्चर टु एक्स (आइम्याक्स) प्लेटफर्म प्रयोग गर्ने भएको हो ।
अटोकार प्रोफेसनलको एक रिपोर्ट अनुसार टाटा मोटर्सले पहिलो अभिन्या ईभीलाई चेरी जगुआर ल्यान्ड रोभरको आइम्याक्स प्लेटफर्ममा बनाउनेछ। यो प्लेटफर्म पहिलो पटक फ्रिल्याण्डर ८ को प्रोडक्सन भर्सनमा प्रयोग गरिएको छ ।
ईएमए प्लेटफर्मको विपरित यो नयाँ प्लेटफर्मले इलेक्ट्रीक मात्र नभएर प्लग इन हाइब्रिड र इआरईभी दुवै प्रविधिलाई सपोर्ट गर्छ।

चेरी ज्यागुअर ल्यान्ड रोभरले विकास गरेको यो प्लेटफर्मले लागत घटाउने र पहिलो अभिन्या ईभीको विकास कार्यलाई तीव्र बनाउने अपेक्षा गरिएको छ ।
टाटा मोटर्सले सुरुमा यो मोडल सन् २०२५ मा सार्वजनिक गर्ने योजना बनाए पनि २०२६ सम्मका लागि सारेको थियो । अहिले कम्पनीले यसलाई अझै पछि सार्दै नयाँ समयतालिका सन् २०२७ तय गरेको छ ।
कम्पनीले गत वर्ष सार्वजनिक गरेको अभिन्या एक्स कन्सेप्ट नै पहिलो प्रोडक्सन मोडलको रूपमा आउनेछ । पी २ कोडनेम दिइएको यो अभिन्या ईभी सम्भवतः कुपे स्टाइलको बाहिरी डिजाइन भएको ५ सिटे एसयूभी हुनेछ । दोस्रो मोडल पनि मूल अभिन्या कन्सेप्ट कोडनेम पी १ नभएर थ्री रो सिट भएको ठूलो एसयूभी हुन सक्छ ।
टाटा मोटर्सले अभिन्या ईभीका लागि सीज्यागुअर ल्याण्ड रोभर को प्लेटफर्म अनुकूल बनाउन यसको इलेक्ट्रोनिक्स, सफ्टवेयर र गाडीका अन्य प्रणालीहरूमा परिवर्तन गर्ने योजना बनाएको छ । यसका लागि टाटा टेक्नोलोजिजसँग मिलेर काम सुरु गरिसकेको छ । कम्पनीले अभिन्या एक्सको अन्तिम मोडलमा ६५ देखि ८० किलोवाट आवरको ब्याट्री प्याकहरू प्रयोग गर्ने सम्भावना छ।
पहिलो अभिन्या ईभीको उत्पादन तमिलनाडुको पनापाक्कममा रहेको टाटा मोटर्सको नयाँ प्लाण्टमा हुनेछ । हाल कम्पनीले यस फ्याक्ट्रीमा बाहिरबाट पार्टपुर्जाहरू आयात गरेर रेन्ज रोभर इभोक एसेम्बल गर्ने गरिरहेको छ । यसको वार्षिक उत्पादन क्षमता करिब ३०,००० युनिट रहेको छ । जसले अभिन्या ईभीको उत्पादनलाई सहजै धान्न सक्नेछ ।


