टाटाले बनाउँदै नयाँ ब्ल्याकवर्ड एसयूभी, यस्ता हुनेछन् फिचर

टाटा मोटर्सले ‘२०२० अटो एक्स्पो’मा अल्फा अवधारणामा निर्माण भएको ब्ल्याक–वर्ड एसयूभी ल्याउने तयारी गरेको छ । उक्त मोडल ओमेगा आर्किटेक्चरमा आधारित हुने छ । हालैमात्रै ह्यारियर डेब्यू गरेको कम्पनीले आगामी मार्च ५ बाट सुरु हुने जेनेभा मोटर शोमा सोही प्लाटफर्ममा आधारित ल्यान्डरोभर डी–८ प्रदर्शन गर्ने भएको छ ।

कम्पनीले गत वर्ष ह्यारियरसहित विभिन्न मोडल सार्वजनिक गर्ने घोषणा गरेको थियो । यसकासाथै टाटाले अल्ट्रोज प्रिमियम ह्याचब्याक र एच–७ एक्स ह्याचब्याक समेत जेनेभा अटो शोमा प्रदर्शन गर्ने तयारी गरेको छ । 

अल्ट्रोज टाटाको नयाँ भेहिकल रेन्जअन्तर्गत टर्न–अराउन्ड २.० स्टार्टटेजीमा आधारित ह्याचव्याक कार हो । 

व्ल्याकवर्ड एसयूभीको मूल्य ८ लाख ५० हजार भारुदेखि १३ लाखसम्म तोक्न अनुमान अहिल्यैदेखि सुरु भइसकेको छ । सुरुवातमा ब्लाक–वर्डलाई एच–फोरको कोड–नेमबाट उत्पादन सुरु गरिएको थियो । 

यसमा टाटा नेक्सानमा उपलब्ध १.२ लिटर रेभोट्रोन टर्बाे पेट्रोल इन्जिन दिइएको छ, जसले १२० बीएचपी पावर उत्पादन गर्छ भने १.५ लिटर रेभोटर्क डिजेल इन्जिनको प्रयोग गरिएको छ । 

इलेक्ट्रीक भर्सनमा समेत ल्याउने लाइनअपमा टाटाले व्ल्याकवर्डलाई राखेको छ । यसले हुन्डाई–क्रेटा र निशान किक्ससँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top