‘कर्भ इलेक्ट्रीक एसयूभी’ को चर्चा चुलिनुको ५ कारण

काठमाडौं । टाटा मोटर्सले हालै नयाँ मिडसाइज एसयूभी कर्भको कन्सेप्ट सार्वजनिक गरेको थियो । अप्रिल ६ तारिखमा कन्सेप्ट सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको हो ।

टाटाले ‘नेक्सट जेनेरेशन इलेक्ट्रीक अर्किटेक्चर’मा कर्भको नयाँ कन्सेप्ट डिजाइन तयार गरेको हो । भारतीय बजारमै पहिलो पटक कुपे डिजाइनमा आउन लागेको कारण पनि कर्भले चर्चा पाउनु स्वभाविक हो ।

अहिले भारतमा विक्री हुने विद्युतीय गाडीको करिब ६५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको कारण पनि टाटाले देखाएको मिडसाइज एसयूभीको बारेमा धेरैले चासो राखेको अनुमान गर्न सकिन्छ ।

डिजाइन

टाटा कर्भ डिजिटल डिजाइन ल्याङ्वेजमा तयार भएको कन्सेप्ट हो । यसमा नयाँ स्टाइलको कर्भ रुफलाइन र नचव्याक स्टाइलको बुट डिजाइन रहेको छ । यी एलीमेन्ट्हरु बीएमडब्लू एक्स फोरमा जस्तै देखिएको छ ।

भारतीय निर्मार्ताको पहिलो कुपे डिजाइन भएको कारण पनि धेरैले यसलाई मनपराएका छन् । यसको अगाडिको फेसिकामा दिइएको एलइडी लाइटबार र ट्रयाङगुलर एयरभेन्ट निकै आकर्षक देखिएको छ ।

डेडिकेटेड इभी आर्किटेक्चर

टाटाले अहिले बजारमा विक्री गर्दै आएको नेक्सन र टिगोर इभी कम्बस्चनबाट इभी बनाइएका मोडल हुन् । तर, कम्पनीले कर्भको लागि नयाँ डेडिकेटेड इभी आर्किटेक्चर तयार गरेको हो । यो डिजाइनमा मल्टीपल बडी स्टाइल र पावर ट्रेन्डको अप्सन उपलब्ध रहनेछ ।

व्याट्री र रेन्ज

टाटा मोटर्सले कर्भ इभी कन्सेप्टमा प्रयोग हुने व्याट्री प्याकका बारेमा केही जानकारी दिएको छैन । तर, यसलाई फुलचार्जमा ५०० किलोमिटरसम्म गुडाउन सकिने खबर आएका छन् । यसलाई आधार मान्दा यसमा करिब ५० किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग हुनेछ ।

इन्टेरियर फिचर

चालक र यात्रुहरुको सुविधाका लागि कर्भको कन्सेप्टमा प्यानारोमीक सनरुफ, फ्लोटीङ सेन्टर कन्सोल लेआउट, रोटर गियर सेलेक्टर, सेन्टर आर्मरेष्ट आदि दिइएको छ । इभी कन्सेप्टमा तीन लेयरको स्कप्टेड ड्यासबोर्ड डिजाइन दिइएको छ । दुईवटा स्ट्याण्डीङ डिजीटल स्कृन यसमा रहने छ । जसमा इन्फोटेन्मेन्ट सिस्टम तथा इन्ट्रुमेन्ट क्लष्टर रहने छ । नयाँ फिचरको रुपमा कर्भमा टाटाले पहिलो पटक टु स्पोक स्टेरिङ ह्वील प्रयोग गर्नेछ ।

प्रतिस्पर्धा

टाटाको पहिलो मिडसाइज एसयूभीको रुपमा आउन लागेको कर्भ पहिलो इभी पावरट्रेण्ड र पछि आइसी इन्जिनमा पनि आउने छ । यसको प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक तथा फक्सवागेन टाइगुनसँग हुने देखिन्छ ।

 


Back_to_top