काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सहरी क्षेत्रमा आवत जावतका लागि इलेक्ट्रीक सवारीसाधन निकै उपयोगी मानिन्छ ।
पछिल्लो समय नेपाली बजारमा चार पाङ्ग्रे इलेक्ट्रीक सवारी साधन प्रयोग गर्ने उपभोक्ताको संख्यामा राम्रै वृद्धि भएको पाइन्छ । तर दुई पाङग्रे इलेक्ट्रीक साधन प्रयोगकर्ताको संख्या तिब्र गतिमा बढ्न सकेको छैन ।
संचालन र मर्मत खर्च कम, सून्य प्रद्ुषण र घरकै विजुलीको प्रयोग गर्न पाइने हुँदा इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्दै गएको हो । पछिल्लो समय मात्र नेपाली बजारमा दर्जनभन्दा धेरै इलेक्ट्रीक ब्राण्ड र तीनका मोटरसाइकल तथा स्कुटर सार्वजनिक भएका छन् । यस्तोमा बजारमा पाइने ४ उत्कृष्ट इलेक्ट्रीक स्कुटरको बारेमा जानकारी दिएका छौं ।
१. सि-१ एस

यूरोपमा चल्तीको चिनियाँ ब्राण्ड याडियाले नेपालमा विक्री गर्ने सि–१ एस उत्कृष्ट इलेक्ट्रीक स्कुटर हो । यसमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २.२ किलोवाट पावर प्रदान गर्छ । यसमा १.८ किलोवाट रेटेड पावरको मोटर छ भने टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।
याडियाले सि–१ एसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ । यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।
२. एनआइयू गोभा जी ५

एनआईयू गोभा जी ५ मा ३ किलोवाट क्षमाताको बश कम्पनीको मोटर रहेको छ । यसमा एनआइयूको चौथो जेनेरेशन ‘एनआइयू ७२ भोल्ट ४५ एम्पीयर’ लिथियम आयोन ब्याट्री दिइएको छ ।
यसमा रहेको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी छ । यसको टप स्पीड भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ । गोभा जी ५ स्कुटरमा स्मार्ट डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एन्टि थेप्ट यूएसबी चार्जर, हालो हेडल्याम्प, राइडिङ मोड, सीबीएस ब्रेकिङ सिस्टम, डबल डिस्क ब्रेक, ठूलो बुट स्पेस पाउन सकिन्छ ।
३.सुपर शोको सीयूएक्स स्कुटर

सुपर शोकोको सीयूएक्स इलेक्ट्रीक स्कुटर अर्को उत्कृष्ट स्कुटर हो । सुपर शोको सीयूएक्समा बश कम्पनीको १.३ किलोवाट क्षमताको मोटर रहेको छ । यसको टप स्पीठ क्षमता ४ किलोमिटर रहेको सुपर शोको सीयूएक्स स्कुटरले एक पटकको फुलचार्जमा ८५ किमीको रेन्ज दिन्छ । यो स्कुटरको २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।
सेगवे ई–१२५

सगवे ई-१२५ मा २४०० वाटको मोटर रहेको छ । यो मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ७५ किलोमटिर प्रतिघण्टा रहेको छ ।
यसमा ७४ भोल्ट २७ एम्पियरको रिमुभएबल लिथिएम आयोन ब्याट्री दिइएको छ । यो ब्याट्री प्याकलाई फुलचार्ज गर्न ५ देखि ६ घण्टा समय लाग्छ भने यसलाई एकपटक फुलचार्ज गर्दा १२० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
आइ हब प्रालिले सेगवे नाइनवट ई-१२५ को मूल्य ३ लाख ९० हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।


