काठमाडौं । नेपाल विद्युत प्राधिकरण एकै पटक २० यूनिट इलेक्ट्रीक कार किनेको छ । प्राधिकरण २० यूनिट टाटा नेक्सन इभी किनेको हो ।
प्राधिकरणले किनेको नेक्सन इभी एक्सजेड प्लस लग्जरी भेरियन्ट हो । यसको मूल्य ४० लाख ९९ हजार रुपैयाँ रहेको छ । विद्युतीय सवारी साधनको प्रयोग बढाउने सरकारी लक्ष्यसँगै विगतदेखि नै प्राधिकरणले इलेक्ट्रीक गाडी किन्दै आएको थियो ।
प्राधिकरणको विभिन्न विभागले बीवाइडी, महिन्द्रा, हुन्डाई जस्ता ब्राण्डका विद्युतीय गाडी यसअघि खरिद गर्दै आएकोमा पहिलो पटक ठूलो संख्यामा गाडी किनेको हो ।
सिप्रदी ट्रेडिङले आधिकारीक रुपमा विक्री वितरण गर्दै आएको नेक्सन इभी ग्राहकले सर्वाधिक धेरै खोज्ने गाडी भइसकेको छ । अहिले पनि यसको वेटिङ पिरियड ६ महिनाभन्दा धेरै रहेको कम्पनीले जनाएको छ ।
टाटाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीमा ३०.२ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा २५० किलोमिटरसम्म गुडाउन सकिन्छ । एआरएआईले गरेको परिक्षणमा भने यसले फुल चार्जमा ३१२ किलोमिटर रेञ्ज प्रदान गर्ने उल्लेख छ ।
टाटाले जीप ट्रोन प्लेटफर्ममा बनाएको नेक्सन इभी उच्च ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी हो । यसमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । साथै, ३० किलोवाट क्षमताको चार्जिङ स्टेशन निर्माण गरेर कम्पनीले इलेक्ट्रीक कार विक्री सुरु गरेको हो ।
नेपाल बिधुत प्राधिकरणले खरिद गरेका Electric गाडीहरु !
Go electric! #NEA pic.twitter.com/rJFsd0gX7M— Asha Khanal (@asha_jr10) April 9, 2022

