भोलि सार्वजनिक हुँदै टाटा ह्यारीयर ईभी, चट्टानमा चढ्न सक्ने

काठमाडौं । टाटा मोटर्सले आफ्नो पहिलो अल ह्वील ड्राइभ इलेक्ट्रीक एसयूभी ह्यारीयर भोलि सार्वजनिक गर्दैछ । भारतीय अटो जाइन्टले जुन ३ तारिखमा बजारमा ल्याउने नयाँ ईभी हरेक कोणबाट अब्बल हुने दावी कम्पनीको छ ।

अहिलेसम्म ह्यारीयर ईभीमा भएका धेरै फिचरको बारेमा कुनै जानकारी बाहिर आएको छैन । गाडीको मूल्य सार्वजनिक हुनु २४ घन्टा अगाडि बाहिर आएको गियर सेलेक्टरको तस्बिर अनुसार यसमा चट्टानमा चढ्न सक्ने मोड उपलब्ध हुने देखिएको हो ।

‘रक क्रवल’ मोड लगाएपछि अल ह्वील ड्राइभ ह्यारीयर कठिन बाटोहरुमा पनि सहजै चढ्ने छ । यसमा रक क्रवल मोडको अलावा अफरोड र स्नो मोड पनि पाउन सकिन्छ । साथै, ईको र बुस्ट मोड पनि ह्यारीयर ईभीमा उपलब्ध हुनेछ ।

मोटर साइज, ब्याट्री साइज लगायतका विषयमा कुनै जानकारी बाहिर आएको छैन । यसको सम्पूर्ण डिटेल भोलि सार्वजनिक हुनेछ । यसको मूल्य पनि २५ लाखदेखि ३० लाख भारतीय रुपैयाँ भित्रै रहने अनुमान गरिएको छ ।


Back_to_top