ह्यारीयरको मिडिया रिलिजः स्टाइलिस, दमदार र गेम चेन्जर

टाटाले आफ्नो बहु–प्रतिक्षित कार ह्यारीयरको मिडिया रिलिज गरेको छ । कम्पनीले यसलाई २०१९ जनवरीबाट बिक्री वितरण गर्ने जनाएसँगै मिडिया रिलिज गरेको हो । 

कम्पनीले ह्यारीयरलाई ज्यागवार ल्यान्ड–रोभरको एल-५५० प्लेट–फर्ममा निर्माण गरेको छ । टाटाले ह्यारीयरको कन्सेप्ट एच-५ एक्सभन्दा केही भिन्न बनाएको छ । एच५एक्स जस्तो सिल्क बनाइएको भएपनि उत्पादन प्रडक्ट एग्रेसिभ भने छैन । 

यद्यपी टाटा मोटर्सको उत्पादनको रुपमा यो निकै स्टाईलिस, दमदार र टाटाको प्यासेन्जर यूनिटमै गेमचेन्जर प्रिमियम एसयूभी बन्न सक्छ । 

कन्सेप्टको तुलनामा ह्यारियरको ग्रील खुला गरिएको छ भने, फ्रन्टमा स्किड–प्लेट राखेको छ । यो गाडीको ट्री-एरो प्यार्टनको ठाउँमा कम्पनीले ड्यूल–बीम हेडल्याम्प र फग–ल्याम्प राखेको छ । 

कन्सेप्ट भर्सनको गाडीको साइडमा स्क्वारिश फेन्डर राखिएको छ, तर प्रोडक्सन भर्सनमा गोलो फेन्डर दिइएको छ । 

ह्यारीयरमा पछाडिको ग्लास ठूलो दिइएको छ भने ट्वीक्ड-ल्याम्पसमेत दिइएको छ । यसमा लो–सेट फग–ल्याम्प राखिएको छ । बम्पर डिजाइनमा भने कन्सेप्ट र ह्यारीयमा खासै फरक छैन ।

टाटा ह्यारीयरको इन्टेरियरमा कूल्ड–स्टोरेज, मल्टी-फङ्सन ह्वील, प्रिमियम लेदर-सिट, ८.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियर एसी भेन्ट, लार्ज–मल्टी इन्फरमेसन डिस्प्ले, तथा मल्टी फङ्सन स्टेरिङ्ग ह्वील दिइएको छ । 

टाटा ह्यारीयर मोडिफाइड भर्सन ज्यागवार ल्यान्ड–रोभरको डी–८ प्लेट–फर्ममा आधारित आईएमपीएसीटी २.० डिजाइन प्रयोग गर्ने कम्पनीकै पहिलो प्रोडक्सन मोडल हो ।

वर्गीकरणका आधारमा कम्पनीले यस गाडीमा अल–न्यू २.० लिटर क्राइओटेक डिजेल इन्जिनमात्रै दिएको छ । यो इन्जिन एफसीए भारतले बनाएको २.० लिटर मल्टीजेट आईआई युनिटको रिब्रान्डेड इन्जिन हो । यसले १४० पीएस पावर र ३५० एनएम–टर्क उत्पादन गर्छ । यसमा सिक्स–स्पीड म्यानूअल र सिक्स–स्पीड अटोमेटिक गियरबक्स जडान गरिएको छ ।

बिभिन्न ४ भेरियन्टमा उपलब्ध ह्यारीयरको भेरियन्टलाई यसरी छुट्टाइएको छ । 

टाटा ह्यारियर एक्सई

एक्सई टाटा ह्यारियरको बेस भेरियन्ट हो । यसमा ड्युअल एयरब्याग, ईबीडीका साथ एबीएस, पार्किङ सेन्सर, स्पिड सेन्सिटिभ डोर लक्स, सिट बेल्ट रिमाइन्डर, सेन्टर लकिङ सिस्टम जस्ता फिचर दिइएको छ । 

टाटा ह्यारियर एक्सएम

यो भेरियन्टमा एक्सईमा भएका फिचरका अलावा फ्रन्ट फग ल्याम्प्स, रियर पार्सल सेल्फ, मल्टी ड्राइभ मोड, रिमोट सेन्ट्रल लकिङ, एड्जस्टेवल ड्राइभिङ सिटजस्ता फिचर उपलब्ध छन् ।

टाटा ह्यारियर एक्सटी

एक्सटी भेरियन्टमा ड्युअल फङसन एलईडी डीआरएल, १७ इन्च एलोई ह्विल, चार स्पिकर र चार ट्विटर भएको अडियो सिष्टम, एन्ड्रोइड अटो, रियर डिफगर, रिभर्स क्यामेरा, पुस बटन स्टार्ट र क्लाइमेट कन्ट्रोल फिचर उपलब्ध छन् । साथै, अटोमेटिक हेडल्याम्प्स र वाइपर, क्रुज कन्ट्रोल जस्ता फिचर दिइएको छ ।

टाटा ह्यारियर एक्सजेड

यो ह्यारियरको टप भेरियन्ट हो । यसमा एचआईडी प्रोजेक्टर हेडल्याम्प्स, कर्निङ फङसनका साथ फ्रन्ट फग ल्याम्प्स, सार्क फिन एन्टेना, लेदर सिट, ६ एयरब्याग, ईएसपी, आइसोफिक्स चाइल्ड सिट माउन्ट र हिल होल्ड तथा हिल हिल डिसेन्ट कन्ट्रोल फिचर उपलब्ध छन् ।

-भारतीय बिभिन्न अटो मिडियामा प्रकाशित न्यूजको आधारमा तयार परिएको हो । 


Back_to_top