आउने भयो हिरोको पहिलो नेकेड बाइक, यस्तो हुने छ फिचर

भारतको सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटो कर्पले ३०० सीसी सेग्मेन्टमा नयाँ मोडल बाइक बजारमा उतार्ने तयारी गरेको छ ।

कम्पनीले पछिल्लो दिनमा एक्सट्रीम २००को सफलता र आउँदै गरेको एक्सपल्सको प्रतिक्रियाबाट उत्साहित हुँदै अब ३०० सीसी सेग्मेन्टमा नयाँ बाइक सार्वजनिक गर्न लागेको जनाएको हो ।

कम्पनीले ल्याउने ३०० सीसीको नेकेड बाइकलाई ‘एक्सएफ३आर’ कन्सेप्टमा उत्पादन गर्नेछ । उक्त कन्सेप्ट कम्पनीले सन् २०१६ मा नै सार्वजनिक गरेको थियो । 

कम्पनीले यो बाइकलाई निकै एग्रेसिप लुक्समा ल्याउने अनुमान गरिएको छ । सिंगल पाइसी ह्यान्डलबारको साथ आउने यो बाइकमा डिजिडल इन्ट्रुमेन्टल क्लस्टर दिइने छ ।

यसमा दिइने फियुल ट्याङ्क निकै आक्रमक हुने छ भने, स्पोर्टी लुक्सले बाइकलाई निकै आर्कषक बनाउने छ । सबै किसिमका लाईटहरु एलइडीमा आउने उक्त बाइकमा डियुल च्यानल एबीएस रहने छ ।  

१७ इन्च एलोय ह्वीलको साथ आउने यो बाइकमा दिइएको ३०० सीसी क्षमताको इन्जिनले ३० बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । अहिले नामाकरण भै नसकेको यो बाइकलाई कम्पनीले २०१९ मा नै बजारमा उतार्ने जनाइएको छ ।   


Back_to_top