टाटाले बनाउने भयो सानो एसयूभी ‘हर्नविल’,

भारतको चर्चित अटो निर्माता कम्पनी टाटा मोर्टसले ‘इन्डिगो सीएस’ नयाँ सेडान निर्माणमा लागिपरेको छ । भारतीय अटोमोटिभ जाइन्ट कम्पनी टाटाले ‘टाटा हर्नविल’ कोड दिएको क्रशओभर निर्माण गर्ने तयारीसमेत गरिरहेको छ । यसले, महिन्द्राको केयूभी–१०० र मारुती इग्निशसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

टाटा हर्नविल एक्स–४४९ अवधारणामा निर्माण हुने कम्पनीले जनाएको छ । यो माइक्रो एसयूबीलाई सन् २०२१ को अन्त्यसम्ममा सार्वजनिक गर्ने कम्पनीको योजना बनाइरहेको छ । टाटाले नेक्सनको बजार प्रभावको साथै सकारात्मक प्रतिक्रियापश्चात् हर्नविल सार्वजनिक गर्ने सोच बनाएको जनाएको छ ।

कम्पनीसँग सम्बन्ध मयाङ्क पारिकले एसयूबीको निर्माणबारे बोल्दै भने, ‘भारतीय नागरिकमा ह्याचब्याकप्रतिको आकर्षण बढ्दै गएको छ । सोही मागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ योजना ल्याएको हो ।’

भारतीय अटोबजारमा सबैभन्दा बढी ह्याचब्याक मोडलका कार बिक्ने गरेको छ । सँगै, एसयूभी मोडलको बजार विस्तार हँुदै गएको छ । दुबैको विशेषता समेटिएको क्रशओभरले स्मल कारको बजारमा राम्रो बजार लिनसक्ने उनको दाबी छ ।

पारिक भन्छन्, ‘प्रत्येक ६ महिनामा ५८ प्रतिशत ग्राहकले कार परिवर्तन गर्ने गर्छन् । उनीहरूका लागि माइक्रो, साना एसयूबी निक्कै उपयोगी हुन सक्छन् ।’ स्मल एसयूबी वा माइक्रो कारको भविष्य राम्रो रहेको उनको टिप्पणी छ ।

२०१९ मा सार्वजनिक हुने मोडुलर प्लाटफर्ममा निर्माण भएको मोडल ४५ एक्समा आधारित हर्नविल टाटा नेक्सानभन्दा पनि सानो आकारको कार हो । हर्नविलमा १.२ लिटर एस्पीरेटेड पेट्रोल इञ्जिन दिइने  छ । साथै, इञ्जिनमा म्यानूअल र अटोमेटेड म्यानूअल ट्रान्समिसन लगाइने कम्पनीले जनाएको छ ।


Back_to_top