यामाहाले जाब्रा १५० लाई फेसलिफ्ट गरेर नयाँ स्वरुप दिने भएको छ । यसको खुलासा इन्डोनेसियन मिडिया मोटोब्लास्टले गरेको छ ।
तस्विरमा देखाइए अनुसार यसको फेसलिफ्टमात्र हुने छैन, थुप्रै मेकानिकल परिर्वतनसमेत हुने देखिएको छ । यसलाई कम्पनीले एमटी सिरिज डिजाइनमा बनाएको छ । यसमा कम्पनीले पछाडिको भाग साँघुरो बनाएको छ भने सिंगल सिट र निकै मस्कुलर फियुल ट्याङ्क दिइएको छ ।
यो नयाँ जाब्रामा ड्रागनफ्लाई एलइडी हेडल्याम्पलाई बग–आई एलइडी पाइलट ल्याम्पसँग जोडर दिइएको छ । यसलाई कम्पनीले स्ट्रीट फाइटर भर्सनमा २०१९मा सार्वजनिक गर्ने छ ।
यसमा वाईजेडएफ–आर १५ मा प्रयोग भएको १४९ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ लिक्विड कुल इन्जिन दिने वा यामाहा आर–१५ भि३मा प्रयोग गरेको १५५ सीसीको इन्जिन दिने भन्ने टुङ्गो लागेको छैन ।
वाईजेडएफ–आर १५ मा प्रयोग भएको १४९ सीसी इन्जिनले ८५०० आरपीएममा १६ बीएचपी पावर र ७५०० आरपीएममा १४.३ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड गियरबक्स दिइएको यो बाइक डबल डिस्क ब्रेकको साथ आउने छ ।
नयाँ जाब्रा १५० मा कम्पनीले यामाहा आर–१५ भि३मा प्रयोग गरेको १५५ सीसीको सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिनले १९ बीएचपी पावर र १४.८ एनएम टर्क उत्पन्न गर्छ । जाब्रा १५० फेसलिफ्टमा १७ इन्चको अलोय ह्वील, १०.२ लिटर फियुल ट्याङ्क क्यापासिटी रहने छ ।

