महिन्द्रा ‘एक्सयूभी ३००’ टर्बोचार्ज्ड इन्जिनमा आउने, यी हुन् विशेष फिचर

पछिल्ला दिन महेन्द्राले आफ्नो आउँदै गरेका ३ नयाँ गाडीको सडक परिक्षाण सुरु गरेको छ ।  तीन मध्ये महेन्द्राले सेप्टेम्बर ३ मा माराजो सार्वजनिक गर्ने तयारी गरिरहेको छ भने, त्यसको ३ महिना भित्र एक्सयूभी ३०० सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।  

स्याङयोङ्ग टिभोलीको प्ल्याटफर्ममा निर्माण गरिएको महिन्द्रा एस-२०१ कम्प्याक्ट एसयूभीको चर्चा निकै बढेको छ । मारुती सुजुकी भिटारा ब्रेजालाई सिधा टक्कर दिन आउन लागेको यो कम्प्याक्ट एसयूभी भारतमा निकै प्रतिक्षित एसयूभीमा गनिन सुरु भएको छ । 

विभिन्न चरणमा टेष्टका लागि भारतीय सडकमा यो गाडी देखिइसकेको छ । यो भारतीय ब्रान्डको एसयूभीलाई कोरियन टेक्नोलोजीले निकै उत्कृष्ट बनाएको अनुमान लगाइएको छ । त्यसो हुनुमा महेन्द्राको एसयूभी निर्माणमा भएको लामो अनुभव र टिभोलीको प्ल्याटफर्ममा उत्पादन हुनु हो ।

१.२ लिटर फोर सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इञ्जिनमा आउने भएको छ । यसको पेट्रोल इञ्जिनले १४० बीएचपी पावर उत्पादन गर्छ ।

यस कम्प्याक्ट एसयूभीको लम्बाई ३९९९ एमएम रहेको अनुमान गरिएको छ भने चौडाई १७९० एमएम रहेको छ । १६०० एमएम हाइट रहेको यस गाडीको ह्वील बेस–२५०० एमएम रहेको छ । २०० एमएम ग्राउन्ड क्लेयरेन्स रहेको यस गाडीमा ३३० लिटरको बुट स्पेश रहने अनुमान गरिएको छ ।

१.२ लिटर फोर सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इञ्जिनमा आउने भएको छ । यसको पेट्रोल इञ्जिनले १४० बीएचपी पावर उत्पादन गर्छ । यसलाई कम्पनीले ५ स्पीड म्यानूयल गियर बक्स र ६ स्पीड अटोमेटीक गियरबक्समा ल्याउने छ । 

निकै आक्रर्षक डिजाइन रहेको यो कारमा केही फिचर एक्सयूभी–५०० बाट लिइएको छ । यस एसयूभीको अगाडिको फ्रन्ट ग्रिल एक्सयूभी–५०० को जस्तै ठूलो रहेको छ । यसमा दिइएको क्रोम निकै एग्रेसिभ रहेको छ । प्रोजेक्टर ल्याम्पसँगै एलईडी डेटाइम रनिङ लाइट दिइएको छ । इन्ट्रीगेटेड फगल्याम्पकासाथ अगाडिको मस्कुलर बम्परले गाडीलाई निकै उत्कृष्ट देखाएको छ । 

यसमा दिइएको स्पोर्टी र बोल्ड अलोय ह्वील, कालो क्लाडिङ आर्क ह्वील रहेको छ । स्पोर्टी रुपटपले यसलाई अझ बढी स्टाइलिस बनाएको छ ।

यस एसयूभीलाई कम्पनीले करिब ७ लाख ५० हजारदेखि ११ लाख भारतीय रुपैयाँको हाराहारी मूल्य तोक्ने अनुमान गरिएको छ । 

ठूलो टकस्क्रिन इफोटेन्टमेन्ट सिस्टम, क्याबिनमा लगाइएको मूड लाइट, मल्टीफङ्सन थ्री–स्पोक स्टेरिङ ह्वीलले गाडीलाई निकै आक्रर्षक बनाएको अनुमान गर्न सकिन्छ । आक्रर्षक ड्यास बोर्ड, एप्पल कार प्ले र एन्ड्रोइड अटोले कारलाई निकै आधुनिक देखाउनेछ । फ्यूचर कार, मोर्डन कनेक्टीभिटी र लग्जरीयस सिटले गाडीलाई निकै आक्रर्षक बनाएको छ ।

यसलाई कम्पनीले भारतीय बजारमा यही वर्षको अन्त्यसम्ममा ल्याउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यस एसयूभीलाई कम्पनीले करिब ७ लाख ५० हजारदेखि ११ लाख भारतीय रुपैयाँको हाराहारी मूल्य तोक्ने अनुमान गरिएको छ । 

यसले भारतीय बजारमा मारुती सुजुकीको बजार हिस्सामा ठूलो फरक पार्ने अनुमान गरिएको छ । साथै, कम्प्याक्ट एसयूभी सेग्मेन्टमा रहेका फोर्ड ईकोस्पोर्ट, टाटा नेक्सन र होन्डा भीआर–भीको बजारमा पनि असर गर्ने आँकलन सुरु भएको छ ।


Back_to_top