टाटाको माइक्रो एसयूभी अटो एक्स्पोमा शोकेस हुने

टाटाले आफ्नो अल्फा प्ल्याटफर्ममा उत्पादन गरिरहेको ‘एच२एक्स’ को प्रडक्सन मोडल अटोएक्स्पो २०२० मा सार्वजनिक गर्ने अनुमान तिब्र भएको छ । कम्पनीले यसअघि जेनेभा मोटर शो २०१९ मा यसको प्रोटोटाइप देखाएको थियो ।

कम्पनीले यसलाई ‘एक्स४४५’ कोड नेममा उत्पादन गरिरहेको जनाइएको छ । यो कम्पनीको चर्चित कम्प्याक्ट एसयूभी नेक्सनभन्दा केही सानो हुनेछ । यसले कम्पनीलाई माइक्रो एसयूभीको रुपमा ल्याउने छ । यसको डिजाइन नेक्सनभन्दा पनि निकै आक्रमक रहेको छ ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले यसमा १.२ लिटर पेट्रोल इन्जिन दिनेछ । जसलाई कम्पनीले यसअघि टियागोमा प्रयोग गर्दै आएको छ । उक्त इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने अनुमान गरिएको छ । कम्पनीले यस १५ इन्चको अलोय ह्वील दिन सक्ने परिक्षणको क्रममा देखिएको गाडीको तस्विरबाट अनुमान लगाउन सकिन्छ ।

कम्पनीले यसको लम्बाई ३८४० एमएम, चौडाई १८२२ एमएम र उचाई १६३५ एमएम रहेको छ भने यसमा २४५० एमएमको ह्वीलवेस रहने यसअघि नै जानकारी गराएको थियो ।


Back_to_top