पल्सर १८ बर्षमा, बनायो यस्तो भिडियो

बजाजले आफ्नो चर्चित मोटरसाइकल पल्सर उत्पादन सुरु गरेको १८ वर्ष पुरा गरेको अवसरमा नयाँ भिडियो सार्वजनिक गरेको छ । कम्पनीले अक्टोबर २००१ बाट उत्पादन सुरु गरेको पल्सर मोडलले उत्पादनको १८ वर्ष पूरा गरेको हो ।

नेपाली बजारमा समेत निकै चर्चित रहेको पल्सर सर्वाधिक बिक्री हुने मोटरसाइकल हो । विश्वका करिब ६५ देशमा बिक्री वितरण हुने पल्सरलाई प्रिमियम कम्यूटर सेग्मेन्टको मोटरसाइकलको रुपमा लिने गरिन्छ ।

कम्पनीले १८ वर्षको आफ्नो यात्रालाई भिडियोमा उतारेर भर्रखरै बोल्न सुरु गरेको बच्चाको कथासँग तुलना गर्दै गरेको छ । जब बच्चा बयस्क बन्छ अनि उसको रोजाइमा बजाजको पल्सर मोटरसाइकल परेको देखाइएको छ ।

अहिले बजाजले पल्सर नामबाट आरएस २००, एनएस २००, एनएस १६०, २२० एफ, १५० क्लासिक, १५० टिडी, १२५ नियोन, १५० नियोन र १८० बिक्री गर्दै आएको छ ।

नेपाली बजारमा भने पल्सरको १५०, २२० एफ, एनएस १६० र एनएस २०० बिक्री हुँदै आएको छ ।


Back_to_top