टाटाको कार बिक्री ३५% बढ्यो, फेब्रुअरीमा कति बिक्यो ?

काठमाडौं । टाटा मोटर्स इन्डियाले प्यासेन्जर कार बिक्रीमा छलाङ मारेको छ । कम्पनीले सन् २०२६ को फेब्रुअरीमा मात्रै कुल ६३ हजार ३३१ युनिट कार बिक्री गरेको हो ।

यो गत वर्ष सन् २०२५ को सोही अवधिको तुलनामा ३५.२९ प्रतिशत धेरै हो । टाटाले गत वर्ष फेब्रुअरीमा कुल ४६ हजार ८११ युनिट कार बिक्री गरेको थियो । यत वर्षको तुलनामा यस वर्ष १६ हजार ५२० युनिट धेरै बेच्न सफल भएको हो । टाटा सियरा एसयूभी बजारमा ल्याएसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो ।

फेब्रुअरीमा टाटाको व्यापार घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बढेको हो । टाटाले फेब्रुअरीमा भारतमा मात्रै ६२ हजार ३२९ युनिट कार बेचेको छ । यो गत वर्षको तुलनामा ३४.२३ प्रतिशत धेरै हो । गत वर्ष फेब्रुअरीमा ४६ हजाार ४३५ युनिट मात्रै बिक्री गरेको थियो ।

टाटाको निर्यात अढाई गुणाले बढेको छ । गत वर्ष फेब्रुअरीमा ३७६ युनिट कार निर्यात गरेको टाटाले यस वर्ष १ हजार २ युनिट निर्यात गरेको छ । यो १६६.४९ प्रतिशतको वृद्धि हो ।

फेब्रुअरीमा टाटाको ईभी बिक्री पनि ५६.९३ प्रतिशतले बढेको छ । सन् २०२५ को फेब्रुअरीमा ५ हजार ३४३ युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको कम्पनीले यो वर्ष ८ हजार ३८५ युनिट बेच्न सफल भएको हो ।


Back_to_top