काठमाडौं । महिन्द्राले सन् २०२६ मा कार बिक्रीमा लगातार दोस्रो महिना ‘हाफ सेन्चुरी’ हानेको छ ।
कम्पनीले भारतीय बजारमा जनवरी र फेब्रुअरी दुवै महिनामा लगातार ६० हजार युनिट बढी प्यासेन्जर कार बिक्री गर्न सफल भएको हो ।
महिन्द्राले फेब्रुअरीमा कुल ६० हजार १८ युनिट प्यासेन्जर कार बिक्री गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १९.०४ प्रतिशत धेरै हो । महिन्द्राले गत वर्ष ५० हजार ४२० युनिट कार बेचेको थियो ।
यद्यपि, सन् २०२६ को जनवरीको तुलनामा फेब्रुअरीमा कार बिक्री ५.५० प्रतिशतले घटेको छ । महिन्द्राले जनवरीमा ६३ हजार ५१० कार बेचेको थियो ।
महिन्द्राको फेब्रुअरीमा समग्र सवारी साधन बिक्री पनि १९.१८ प्रतिशतले बढेको छ । गत वर्ष फेब्रुअरी ५ लाख ३ हजार ४३९ युनिट सवारी बेचेको महिन्द्राले यो वर्ष सोही अवधिमा ६ लाख ४ हजार युनिट बेचेको छ ।
महिन्द्राले प्यासेन्जर कार, कमर्शियल सवारी, ट्रयाक्टर र तीनपाँग्रे लगायत सवारी बिक्री गर्छ । कम्पनीले फेब्रुअरीमा सर्वाधिक ४ लाख ६२ हजार ५२७ युनिट सवारी बेचेको छ ।

