चुनावको बिदामा पनि निगमका यी ११ डिपो खुल्ने (सूचीसिहत)

काठमाडौं । यही फागुन २० गतेदेखि २२ गतेसम्म निर्वाचन बिदाका दिनमा पनि नेपाल आयाल निगमका डिपोहरू खुला रहने भएका छन् ।

नेपाल आयाल निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै बिदाका दिनहरूमा पनि देशभरका ११ वटा डिपोहरू खुला रहने जानकारी दिएको हो ।

बिदाको अवधिमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरणका लागि आफ्ना केही प्रादेशिक कार्यालय, डिपो तथा शाखा कार्यालयहरू खुला राखिने निगमले जनाएको छ ।

निगमका अनुसार प्रादेशिक कार्यालय विराटनर, अमलेखगंज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत र धनगढी खुला रहने छन् । त्यस्तै, इन्धन डिपो महेन्द्रनगर, नेपालगंज, चारआली र वीरगंज पनि खुला रहने निगमले जनाएको छ ।

निगमले हरेक कार्यालय र डिपोका सम्पर्क व्यक्तिहरूको नाम र नम्बर पनि उल्लेख गरेको छ ।


Back_to_top