टाटाको नयाँ इभीले बढायो कौतुहलता (भिडियाेसहित)

काठमाडौं । टाटाले नयाँ इभीको टिजर सार्वजनिक गर्दै बजारमा थप कौतुहलता थप्ने काम गरेको छ । भारतमा अप्रिल ६ तारिखमा मिडियाहरुलाई निमन्त्रणा पठाएदेखि नै मिडियाले विभिन्न किसिमका अनुमान लगाउन थालेका थिए ।

यसैबीच कम्पनीले हिजो आइतबार एक टिजर सार्वजनिक गर्दै मिडियाको अनुमानलाई थप रोमाञ्चक बनाएको छ । कम्पनीले नयाँ इभीको विभिन्न पार्टस्को तस्विर देखाएको भएपनि यही गाडी हो भन्ने एकिन गर्न सक्ने अवस्था छैन ।

धेरैले सुरुमा लङ रेन्ज नेक्सन इभी वा अल्ट्रोज इभी हुन सक्ने अनुमान गरेका थिए । तर, सार्वजनिक भएको तस्बिरलाई आधार मानेर यही हो भन्न सक्ने अवस्था छैन ।

टाटाले देखाएको तस्विरलाई अनुमान लगाउँदा कुपे डिजाइनमा कुनै नयाँ कन्सेप्ट सार्वजनिक हुने जस्तो पनि देखिन्छ । तर, कम्पनीले यसलाई सस्पेन्स नै राखेको कारण यसको बास्तविकता थाहापाउन अब अर्को एक दिन कुर्नु पर्ने हुन्छ । बुधबार यसको विषयमा खुलासा हुनेछ ।


Back_to_top