टाटाको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सन हुने पक्का, यस्ता हुनेछन् विशेषता

टाटा मोटर्सको जिपट्रोन पावरट्रेनमा आधारित पहिलो इलेक्ट्रीक एसयूभी सार्वजनिक हुने भएको छ । यो कुरालाई कम्पनीले आधिकारीक रुपमै जानकारी गराएको हो । 

टाटाले आफ्नो चर्चित सबकम्प्याक्ट एसयूभी नेक्सनलाई पहिलो जिपट्रोन पावरट्रेन यूक्त एसयूभी बनाउने भएको हो । अबको ५ महिना भित्र यसलाई कम्पनीले बजारमा उतार्ने जनाएको छ । सम्भवत कम्पनीले यसलाई आगामी दिल्ली अटो एक्स्पो २०२० मा सार्वजनिक गर्नेछ । 

जिपट्रोन पावरट्रेन टाटाले आफैँ तयार पारेको इलेक्ट्रीक प्ल्याटफर्म हो । यो प्रविधि लामो रेञ्ज, छिटो चार्जिङ, वाटर प्रुफ व्याट्री सिस्टम र उच्च पर्फमेन्सको लागि तयार भएको कम्पनीको भनाइ छ ।

यस प्रविधिमा निर्माण भएका इलेक्ट्रीक गाडीमा परमानेन्ट म्याग्नेट एसी मोटर र स्मर्ट रि–जेनेरेटिभ ब्रेकिङ सिस्टम रहने छ । साथै, टाटा मोटर्सले प्रदुषणबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने मार्केटिङ क्याम्पेनसमेत सँग ल्याउने जनाएको छ ।

लिक्वीड कुलिङ सिस्टम सहितको लिथियम आयन व्याट्री सेलका साथ आउने यो एसयूभीले एक पटकको फुलचार्जमा ३०० किलोमिटर भन्दा माथि माइलेज दिने दावी गरिएको छ ।


Back_to_top