अर्को महिना बजारमा आउँदै पन्च ईभी

काठमाडौं । टाटा मोटर्स इन्डियाले अक्टोबर महिनामा आफ्नो सफल माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने भएको छ । कम्पनीले टिगोर सेडान र नेक्सन ईभीको बीचमा मूल्य कायम गरेर पन्च इलेक्ट्रीक ल्याउन लागेको हो ।

यसअघि धेरै पटक सडक परीक्षणमा देखिएको पन्च ईभी पेट्रोल भर्सन जस्तै देखिन्छ । टाटाले पन्चलाई क्रमिक रुपमा फिचर थप गर्दै आएको कारण ईभी निकै फिचर लोडेड हुने आनुमान गर्न सकिन्छ । पन्च ईभीको बाहिरी डिजाइन भने कर्भ कन्सेप्टबाट प्रेरित हुने चर्चा चलिरहेको छ ।

भारतमा निकै सफल भएको पन्च माइक्रो एसयूभीको पेट्रोल भर्सन नाडा अटो शो २०२३ मा प्रदर्शनी हुँदैछ । सिप्रदी ट्रेडिङले यसलाई अटो शोबाटै आधिकारीक बिक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।

विभिन्न समयमा परीक्षण भएको तस्बिरलाई आधार मान्दा पन्च ईभीको चारवटै चक्कामा डिस ब्रेक रहने छ भने नेक्सन ईभीमा जस्तै रोटरी गियर सेलेक्टर र इलेक्ट्रोनिक्स पार्किङ ब्रेक रहने छ ।

टाटाले पन्च माइक्रो एसयूभीमा पनि लिक्वीड कुल्ड ब्याट्री सहितको आफ्नो जेनेरेशन-२ जीपट्रोन पावरट्रेन प्रयोग गर्नेछ । कम्पनीले यसलाई फरक-फरक मोटर र ब्याट्री अप्सनमा ल्याउने अनुमान गरिएको छ ।

टाटाले सेप्टेम्बर ७ मा नेक्सन ईभी फेसलिफ्ट सार्वजनिक गर्दैछ । नयाँ जेनेरेशन जीपट्रोन टेक्नोलोजीमा आधारित नेक्सन ईभी नेपालमा पनि चाँडै आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top