अक्टोबर ४ तारिखबाट विक्री सुरु हुँदै टाटा ‘पन्च’, सबैभन्दा सस्तो एसयूभी हुने अपेक्षा

काठमाडौं । टाटाको प्रतिक्षित माइक्रो एसयूभी पन्च आगामी अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले भारतमा सार्वजनिक गर्न लागेको यो एसयूभी नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ ।

टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभीकोरुपमा यसलाई बजारमा ल्याउन लागेको हो । यसको मूल्य निकै आक्रमक हुने अनुमान गरिएको छ ।

टाटा पन्च निकै फिचर लोडेड हुने अपेक्षा गरिएको छ । टाटाले विगत दुई महिनादेखि यसको तस्विर र भिडियोहरु सार्वजनिक गर्दै आएको छ । कम्पनीले सार्वजनिक गरेका् भिडियोमा स्प्लीट हेडल्याम्प, ह्युम्यानीटी लाइनको ग्रिल, अगाडिको बम्परमा स्कीडप्लेट, बडी क्लाडिङ र ठूलो साइजको टायर देख्न सकिन्छ ।

कम्पनीले सार्वजनिक गरेको इन्टेरियरको तस्विरलाई हेर्दा स्क्वायर सेपको एयरकन भेन्ट, फ्लोडिङ ७ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फ्ल्याट बटम स्टेरिङ ह्वील, क्लाइमोट कन्ट्रोल सुइच तथा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर देख्न सकिन्छ ।

टाटाको इम्प्याक २ डिजाइन कन्सेप्टमा आधारित अल्फा आर्क प्लेटफर्ममा बनेको पन्चको लम्बाई ३८४० एमएम, चौडाई १८२२ एमएम, उचाई १६३५ एमएम र २४५० एमएमको ह्वीलवेस हुने अनुमान गरिएको छ ।

टाटाले पन्चलाई दुई इन्जिन अप्सनमा ल्याउन सक्छ । यसको लोअर भेरियन्ट १.२ लिटर, थ्रि सिलिण्डर नेचुरल्ली एस्पीरेटेड पेट्रोल र अपर भेरियन्टमा अल्ट्रोजमा दिइएको आईटर्बो इन्जिन अप्सन रहन सक्छ । यसको आधिकारीक जानकारी कम्पनीले दिएको छैन ।


Back_to_top