टाटा कमर्शियल गाडीको लागि ‘शुभकामना सर्भिस क्याम्प’ सुरु, हरेक पार्टस् किन्नेलाई छुट

काठमाडौं । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ग्राहकलाई चाडपर्वको अवसरमा ‘टाटा मोटर्स, शुभकामना सर्भिस क्याम्प’ संचालन गरिरहेको छ । कम्पनीले यही असोज ४ देखि २० गतेसम्म यो क्याम संचालन हुने जनाएको छ ।

सिप्रदीले यो सेवा आफ्नो देशभर रहेका ५२ वटा सर्भिस सेन्टरहरुमा एकैसाथ सुरु गरेको विज्ञप्तीमा उल्लेख छ ।

उक्त अवधिभर टाटा कमर्शियल गाडीका ग्राहकहरुले टाटा जेन्यूइन स्पेयर पार्टस् मा १० प्रतिशत छुट, ब्रेक आइटममा १५ प्रतिशत छुट, ल्युब्रिकेंट्समा १५ प्रतिशत छुट तथा अन्य ल्युब्रिकेंट्सहरु हाइड्रोलिक आयल, ब्रेक आयल, कल्च आयल, कुलेन्ट तथा डीइएफमा २० प्रतिशत र एक्साइड ब्याट्रीमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

यसको साथै यस क्याम्पमा टाटा गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा भाग्यशाली ग्राहकहरुले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टिभी, फ्रीज, वासिङ्ग मशिन आदि पुरस्कार जित्ने सुर्वण अवसरसमेत पाउने जनाइएको छ ।

कम्पनीले लकडाउनको कारण लामो समयदेखि चल्न नपाएका लामो दुरीका बस तथा स्कुलबसहरुको विशेष चेक जाँच गर्ने व्यवस्था पनि मिलाएको छ ।


Back_to_top